Mon. Apr 29th, 2024
  शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै  फिल्म ‘पशुपति प्रसाद’ को व्यवसायिक सफलतापछि टुकी आर्ट्स प्रा. लि.ले दीपेन्द्र के. खनाल प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरेको दोस्रो फिल्म ‘धनपति’ को ट्रेलर सार्वजनिक भएको छ ।  फिल्मका लिड कलाकार खगेन्द्र लामिछाने आफ्नी छोरीलाई बोर्डिङ स्कुलमा पढाउनका लागि गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।
  उनीसँगै फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ ।
 फिल्मको विषयमा बोल्दै निर्देशक दीपेन्द्र के खनालले अन्य फिल्म भन्दा ‘धनपति’ बनाउन निकै गाह्रो भएको बताए । उनले भने, ‘हुनत, खगेन्द्र लामिछानेसँग स्क्रिप्टमा बस्दा नै फिल्म बनाउन गाह्रो हुन्छ भन्ने कुरा भएको थियो तर स्पोटमा पुगेपछि त्यस्तो गाह्रो पनि होला भन्ने आँकलन गरेका रहेन छौं । झन मलाई त सिनेम्याटोग्राफरको पनि काम गर्नु पर्ने भएकाले निकै गाह्रो भएको थियो । तरपनि हामीले राम्रो फिल्म बनाउने प्रयास गरेका छौं ।’ असार २३ गतेबाट रिलिज हुन लागेको यो फिल्ममा खगेन्द्र लामिछानेको लेखन र अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=80zKdSyEQok

Leave a Reply

%d bloggers like this: