Fri. Apr 19th, 2024

बहुप्रतिक्षित  फिल्म हिटलरको  रिलिज हुने दिन नजिकदै गर्दा  दर्शकहरु उत्साहित भएका छन, अष्टनारायण  पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म ‘हिटलर’  जेठ १२ गते रिलिज हुदै  छ । विश्वका क्रूर शासकको रुपमा चिनिने एडल्फ हिटलरको नामसँग मिल्ने भएका कारण पनि फिल्म ‘हिटलर’को चर्चा खुबै छ ।सार्वजनिक एक रोमान्टिक गीतबाटै प्रतिक्षित बनिरहेको ‘हिटलर’ निर्माण अगावैदेखी चर्चामा थियो ।
यो फिल्ममा सोहित मानन्धर र सामिया बर्तौला लिड रोलमा छन् ।यस अघि सोहित मानन्धर र सामिया बर्तौलाले नेपाली फिल्ममा अभिनय गरिसकेका छन्  निर्देशक सौरभ ढकाल भन्छन्–‘फिल्मको शिर्षक किन ‘हिटलर’ राखियो भन्ने बारेमा दर्शकले हलमै गएर चलचित्र हेरेपछि थाहा पाउनुहुनेछ । तर, फिल्मको नामको कनेक्शन कथामा छ ।’ यो, फिल्मको नाम ‘हिटलर’ राख्दा यसको निर्माणपक्षले फेसबुक र युटुबबाट भने समस्या भोगिरहेको छ ।अंग्रेजीमा ‘हिटलर’ नाम राखेर फेसबुकमा लाइक पेज बनाउन यसको निर्माणपक्षले सकेन । निर्देशक ढकालले भने–‘हामीलाई फेसबुकले हिटलर नाम राखेर लाइक पेज बनाउन दिएन ।’ उनका अनुसार, युटुबमा पनि अहिले समस्या आइरहेको छ । उनले भने–‘युटुबले भिडियो त हटाएको छैन । तर, गीतको भ्यू कहिले घट्ने, कहिले काउन्ट नै नहुने भैरहेको छ । हामीले युटुबमा कप्लेन गरेपछि प्राविधिक गढबढी भएको सन्देश आयो । तर, अहिले युटुबले प्रचारमा समस्या दिने अवस्था देखिएको छ ।’
जर्मनका पूर्व शासक ‘हिटलर’को नामसँग फिल्मको नाम मिलेका कारणले फेसबुक र युटुबले समस्या दिएको हुनसक्ने यसको निर्माणपक्षको वुझाई छ । यस्तै बिबादमा रहेको फिल्म हिटलरलाइ हेर्न दर्शकहरुको आतुर्तालाई मध्यनजर गर्दै  देशका सम्पूर्ण हलरुमा छिट्टै प्रदर्शन गरिदै छ ।

Leave a Reply

%d bloggers like this: