Fri. Apr 26th, 2024

नायक निखिल उप्रेती फेरी अर्को दमदार फिल्म निर्देशन गर्ने भएका छन्    फिल्म  ‘कमिटमेन्ट : सिख्टी हावर्स’  शनिवार राजधानीमा एक कार्यक्रमका बिच निर्माण घोषणा गरिएको छ । भारतको फिल्म निर्माण कम्पनी प्रामा इन्स्ट्रूमेन्ट्सको लगानीमा निर्माण हुने यो फिल्मको लागत ३ करोडमाथि रहने नायक उप्रेतीले जानकारी दिए । फिल्ममा निखिलको  मुख्य भूमिका रहनेछ ।
निखिलले कार्यक्रममा बोल्दै भने, ‘मैले जुन ३ करोडको बजेटमा फिल्म बनाउने जोखिम उठाउँदै छु त्यो ठूलो रकम होइन । १ करोड एक्सनका लागि मात्र खर्च हुँदैछ । बाँकी बलीउडका त्यति प्रख्यात कलाकारहरुलाई मैले कसरी मनाउन सकेँ ? बलीउडका त्यस्ता स्टार कलाकारहरु पनि नेपाली फिल्म ‘कमिटमेन्ट’ खेल्न मान्नुको कारण एउटै छ कथावस्तु ।’
उनले फिल्मको कथावस्तूको विषयमा जानकारी दिँदै अगाडि थपे, ‘नेपालको एउटा व्यक्तिले कसैलाई मुम्बईबाट रेस्क्यू गरेर नेपाल ल्याउन ६० घण्टाको कमिटमेन्ट गरेको हुन्छ । त्यो कमिटमेन्ट पूरा गर्न उसले गर्ने संघर्ष नै फिल्मको मुख्य कथा हो ।’
अहिलेसम्म निखिलले फिल्म ‘कमिटमेन्ट’ मा रोमान्स गर्ने नायिका भने भेटेका छैनन् । फिल्ममा लिड नायिका भने नेपालकै हुने बताइएको छ । स्रोतका अनुसार, हिरोइनका बाबुको रुपमा भने क्याप्टेन विजय लामाको अभिनय रहनेछ । ७० प्रतिशत भारतीय भाषामा बन्ने यो फिल्ममा १० प्रतिशत अंग्रेजी र २० प्रतिशत मात्र नेपाली भाषा हुनेछ ।
फिल्मको छायांकन नेपाल, मुम्बई, थाइल्याण्ड, सिंगापूर र अमेरिकामा हुँदैछ । फिल्ममा बलीउडका प्रख्यात कलाकारहरु रञ्जित, सयाजी शिंदे, अनन्त जोग, अली जाफर, नन्सी लगायतको मुख्य भूमिका छ ।रञ्जितले ‘वेलकम ब्याक’, ‘हाउसफूल २’, ‘बम्बे टू गोवा’, ‘सावन’ लगायतका सयबढी फिल्ममा काम गरिसकेका छन् भने सयाजी शिंदे बलीउड र तेलुगु फिल्मका चर्चित खलपात्र हुन् । उनले ‘आई’, ‘माजरी मानसा’, ‘बापू बीर वतागाओन्कर’, ‘गल्लीत गोन्धल दिलीत मुजरा’, ‘वजीर’ लगायतका फिल्ममा काम गरेका छन् । त्यस्तै, अनन्त जोगले ‘राउडी राठौड’, ‘लाल सलाम’, ‘सरकार’ लगायतका फिल्ममा काम गरेका छन् । अली जाफरलाई गएको बर्ष सलमान खानको फिल्म ‘सुल्तान’ मा देखिएको थियो ।

Leave a Reply

%d bloggers like this: