Fri. Apr 19th, 2024

नेपाली चलचित्रलाई विश्व सामु चिनाउने तथा प्रबर्दन गर्ने उदेश्यले बिगत १० बर्ष देखि निरन्तर लागिरहेको कान्जिरियो मिडिया संस्थाले फिल्म फेस्टिभल फोग (FOG) को लागी आबेदन फारम खोल्ने भएको छ l सन् २०१५ देखि  FOG को लागि काम गर्दै आएको उक्त सस्थाले यो बर्ष पनि निरन्तरता दिने भएको छ l कान्जिरियो मिडियाका अध्यक्ष्य काजि सुमन बिस्ट ,सोहि संस्थाका सी इ ओ  आशिष प्रसाई र चलचित्र वितरक तथा मिडिया को-अर्डिनेटर गोबिन्द शाहीको सहकार्यमा यो बर्ष २०१७ मा अमेरिकाको क्यालिफोर्नियामा हुन गैरहेको  फिल्म फेस्टिभलमा सहभागीताको लागि नेपाली फिल्महरुको छनोट कार्य हुने भएको छ l
४ अगष्ट २०१७ देखि १४ अगष्ट २०१७  सम्म चल्ने फिल्म फेस्टिवलमा नेपालको प्रतिनिधित्व गर्दै कन्जिरियो मिडिया सहभागी हुनेछ l  कन्जिरियो मिडियाले सन् २०१५ मा सुनिल थापा ,नन्दिता के सी लाइ सहभागी गराएको थियो भने सन् २०१६ मा राजेश हमाल ,निशा अधिकारी र सुरेश दर्पणलाइ सहभागी गराएको थियो.l    अब यो बर्ष  भने चलचित्र क्षेत्रका विभिन्न विधाका सेलेक्टेड चलचित्र ,शर्ट मुभी ,डकुमेन्ट्री ,म्युजिक भिडियो  तथा चलचित्र क्षेत्रका ख्याती प्राप्त कलाकार ,डाइरेक्टर र सम्बन्धित अन्य व्यक्तिलाई पनि सहभागिता गराउने भएको छ l सन् २०१५ मा सुनिल थापा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए l
भिडियो  दर्ताको फारम  कहिले खुल्ने , दर्ता प्रक्रिया के हो ?  र आबश्यक डकुमेन्ट्सको विवरण  छिट्टै प्रेसमिट गरि सार्बजनिक गर्ने अध्यक्ष्य बिस्ट र सी इ ओ प्रसाईले बताएका छन्  भने दर्ता शुल्क चाहि नि शुल्क रहेने जानकारीमा आएको छ l  विभिन्न उत्क्रिस्ट १० चलचित्र र २० जना ख्याती प्राप्त कलाकार तथा चलचित्रसंग आबद्द व्यक्तिलाई फिल्म फेस्टिभलमा सहभागी गराइने कान्जिरियो मिडियाले जनाएको छ l नेपाली फिल्मको बजारलाई विश्व माझ प्रमोट गर्ने उदेश्यले फिल्म डाइरेक्टरको पनि सहभागिता रहने भएको छ l विदेशमा निर्माण भएका चलचित्रको हकमा दर्ता गराउन चाहेमा नेपाल मै कन्जिरियो मिडिया मा दर्ता गर्ने र  छनोटमा परे मात्र अमेरिकाको फिल्म फेस्टिभलमा सहभागी हुन पाउने छनl डाइरेक्ट अमेरिकाको फिल्म फेस्टिभलमा कुनै पनि फिल्मले भाग लिन पाउने छैन किनभने  उक्त फेस्टिभल संस्थाले नेपालको हकमा कान्जिरियो मिडियालाइ जिम्मा दिएको पाइएको  छ l कान्जिरियोका जुरी मेम्बेरबाट  छनोट भएका चलचित्र तथा कलाकार मात्र फेस्टिभलमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ l
FOG  के हो ? festival of Globe यो अन्तराष्ट्रिय स्तरको विश्वका विभिन्न देशहरुको प्रत्त्येक बर्ष अमेरिका स्थित  क्यालिफोर्नियामा आयोजना हुने चलचित्र सम्बन्धिको मेला हो l यो बर्ष२०१७मा हुन लागेको फेस्टिभल फोगको २५ औ फेस्टिभल हो l विश्वका विभिन्न चलचित्र नगरी जस्तै हलिवुड ,बलिवुड ,कलिवुड,चाइनिज  ,कोरेअन ,जापानिज ,थाई ,सिंगापुर इत्यादि ठाउबाट यस फेस्टिभलमा सहभागी हुने गर्दछन l २०१७ को FOG फेस्टिभल आगामी ४ अगस्ट देखि शुरु भई १४ अगस्ट मा सम्पन्न हुने छ |l
 

Leave a Reply

%d bloggers like this: