Sun. Apr 28th, 2024

फिल्म ‘डायरी’ शनिबार देशका अधिकाश हल हरुमा हाउसफुल रह्यो शुक्रबारदेखि अल नेपाल रिलिज भएको उक्त चलचित्र लाइ दर्शक ले एकदमै मनपराएका छन् । रेखा थापा, छुल्ठिम गुरुङ , सन्नी सिंह राजु लामा स्टारर यो फिल्म लव स्टोरी रिवेंज एक्सन कमेडी सबै मसालले भरिपुर्ण भएको दर्शक हरुको प्रतिक्रिया छ । अनिल योञ्जन द्वारा निर्देशित ‘डायरी’ मा छुल्ठिम गुरुङ्गलाइ नोभेम्बर रेनबाट दर्शकले चिनेका थिय भने राजु लामालाई होस्टेल बाट सन्नी सिंह को भने यो डेब्यु फिल्म रहेको छ ।एफडी कम्पनीले मोफसल वितरण लिएको ‘डायरी’ त्यहाँका करिब ६५ वटा हलहरुमा लागेको छ भने राजधानीका करिब दुई दर्जन हलहरुमा लागेको छ । सोलो रिलिजको मौका पाएको फिल्मले दर्शकलाई हलमा आकर्षण गर्ने अपेक्षा गरिएको छ । ‘डायरी’ को ट्रेलरले दर्शकको मन जितेको छ । शिवराज श्रेष्ठको सिनेम्याटोग्राफी रहेको फिल्ममा राजकुमार उप्रेतीको द्धन्द्ध निर्देशन छ । फिल्मको कथा लेखन छेतेन गुरुङको हो । शुक्रबार सम्पूर्ण हलहरु खचा खच भएका थिय भने भोलि शनिवार सम्पूर्ण हलहरु हाउसफुल हुने आकलन गरिएको छ l समग्रमा फिल्म डायरीलाइ दर्शकहरुले एकदमै रुचाएका प्रतिक्रिया आएको छ l

Leave a Reply

%d bloggers like this: