Thu. May 2nd, 2024

आसुसेन फिल्मसले यो वर्ष पनि ‘प्रेम गीत२’ मार्फत विस्वब्यापी कभर सङ्ग प्रतियोगिताको आयोजना गर्ने जानकारी दिएको छ।
बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत–२’ ले प्रेम गीतकै शैलीमा यसपाली पनि कभर गीत गाउने २ जना विजेतालाई २ लाख रुपैयाँ दिने घोषणा गरिएको छ ।प्रेमगीत’मा शीर्ष गीतका लागि गरिएको कभर गीत प्रतियोगितामा विजयी भएका सागर संसार राईलाई शनिबार पुतलीसडकको एक स्टुडियोमा ‘प्रेम गीत–२’ का लागि गीत गाउन लगाउँदै निर्माता सन्तोष सेनले यस वर्षको ‘प्रेमगीत–२’ को शीर्ष गीतको कभर गीत प्रतियोगिताका विजयीलाई २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।सिक्वेलको एक गीत मार्फत महिला र पुरुष गरी एक एक लाख रुपैयाँ दिने जानकारी निर्माता सेनले दिए गत वर्ष आसुसेन फिल्म्सले आफ्नो फिल्म ‘प्रेम गीत’ को टाईटल गीत “म यस्तो गीत गाउँछु जुन प्रेम गीत बनोस्” को कभर सङ्ग कम्पिटिसन गरेको थियो र विजेतालाई १ लाख रुपिंय नगद पुरस्कार सहित प्रडक्सन कम्पनिको अर्को फिल्ममा गीत गाउने अवसर दिने घोषणा गरेको थियो। सोहि अनुरुप गत वर्षको कभर सङ्ग कम्पिटिसनमा बिजयी भएका सागर संसार राईलाई नगद पुरस्कार सहित ‘प्रेम गीत २’ को लागी गीत रेकर्ड गराईएको छ। प्रेम गीत गत वर्षको सर्वाधिक सफल चलचित्र हो। यो फिल्मको सिक्वेल ‘प्रेम गीत २’ को सुटिंग म्यानमार, थाईल्याण्ड र नेपालका काठमाण्डौ, पोखरा, लुम्बिनी, सुर्खेत, कालिकोट, जुम्ला र राराताल, ताल पारीको गाउ मुर्मा लगाएत विभिन्न स्थानहरुमा गरिएको छ। सन्तोष सेनले निर्माण गरेको यो सिक्वेलमा प्रदिप खड्का र अस्लेशा ठकुरीको मुख्य भूमिका छ। फिल्मलाई राम शरण पाठकले निर्देशन गरेका हुन्।यो चलचित्र आउँदो साउन १३ बाट सिनेमा भवनहरुमा प्रदर्शन हुनेछ।

Leave a Reply

%d bloggers like this: