Fri. Apr 19th, 2024

चलचित्र गाजलुको अपार सफलता पछि प्रोड्युसर रोहित अधिकारीले फेरी अर्को चलचित्र ” ब्रेक अप “निर्माण गर्ने भएका छन् l लभ स्टोरी वेसमा निर्माण हुन लागेको उक्त चलचित्रलाई हेम राज बि सीले निर्देशन गर्ने भएका छन्l प्रोड्युसर रोहित अधिकारीका अनुसार चलचित्र अर्को बर्षको फागुन २ मा रिलिज हुने छ भने चलचित्रमा को को कलाकार हुने छन् भन्ने खुलासा तत्काल भएको छैन l अनमोल के सी र श्रीष्टि श्रेष्ठलाइ लिएर गाजलु निर्माण गरेका अधिकारीले चलचित्र ब्रेक अप मापनि स्टार कलाकार नै रहने बताएका छनlअनुभवी ,ट्यालेन्ट निर्देशक हेमराज बि सीलाई लिएर निर्माण गर्न लागेको ब्रेक अप रोहित फिल्म्सको तर्फ़बाट ह्याप्पी प्लानेट फिल्म्सको सहकार्यमा तयार हुदै छ l निर्देशक हेमराज बि.सी ले यो भन्दा अगाडी हिट चलचित्र नेपाली फिल्म मार्केटलाइ दिसकेका छन् जसमा होस्टेल ,जेरी गाजलु रहेका छन् l अहिले हेमराज चलचित्र “ग्यांगस्टार ब्लुज” मा बेस्त रहेका छन् l ठुलो बजेटमा निर्माण हुन लागेको उक्त चलचित्रमा फिल्म क्वालिटी को लागि कुनै कुरामा पछि नहट्ने प्रोड्युसर रोहित अधिकारीले जनाएका छन् l

Leave a Reply

%d bloggers like this: