Mon. May 6th, 2024

चलचित्र ह्याप्पी डेजको ट्रिजर आज ओयसआर डिजिटलद्वारा सार्बजनिक गरिएको छ l ट्रिजर सार्वजनिक भए लगतै चारै तर्फ़ फिल्मको हल्ला खल्ला शुरु भएको छ l ट्रिजरले आम दर्शकलाइ नेपाली फिल्मपनि यति सम्मको स्तरिय हुदो रहेछ भनेर एकछिन सोच्न बाध्य पारेको छ l युरोपका विभिन्न शहरहरुमा ह्याप्पी डेजको छायांकन गरिएको ह्याप्पी डेज टिम ले जानकारी दिएको छl लन्डन सिने आइको प्रस्तुतिमा मिलन चाम्सद्वारा निर्देशित उक्त चलचित्रमा दयाह्यंग राई र प्रियंका कार्की लगायत अन्य नेपाली र विदेशी कलाकारहरुलाई पनि चलचित्रको मुख्य भूमिकामा देखन सकिने छ l
चलचित्र बिर विक्रमको अपार सफलतापछि नेपाली फिल्म मार्केटमा अब्बल निर्देशकको ट्याग लगायका मिलन चाम्सले अब चलचित्र “ह्याप्पी डेज” ल्याएर पुन दर्शक माझ आउने भएका छन् l
बि पी खनालको निर्माणमा तयार भएको उक्त फिल्मको कहानी पैसा कमाउन लन्डन पुगेका तन्नेरीहरुमा आधारित रहेको जानकारी प्राप्त भएको छ पक्कैपनि फिल्म रोमान्स ,दुख सुख ,मनोरंजन सबै फिल्मी मसालले भरिपुर्ण रहेको छ l

Leave a Reply

%d bloggers like this: