Fri. Apr 26th, 2024

काठमाडौं, २० चैत । नयाँ वर्ष २०७४ को पूर्व सन्ध्यामा ताहाचलस्थित सोल्टी क्राउन प्लाजामा डेढ दर्जन फिमेल मोडलहरु -याम्पमा उत्रँदैछन् । नेपाली नयाँ वर्षको स्वागतार्थ ‘एञ्जल अन द फ्लोर–३’ नाम दिइएको फेसन शोमा व्यवसायिक मोडलहरु प्रस्तुत हुन लागेका हुन् । यही २९ चैतमा हुने यो फेसन शो आरएनआर ग्रुपले गर्न लागेको हो ।
इभेन्ट आयोजक संस्था आरएनआरकी निर्देशक मञ्जु श्रेष्ठका अनुसार उक्त शोमा करिश्मा केसी, मानसी खनाल, सबनम गुरुङ, चिजु लामा, प्रियंका थापा, पवित्री राई, कुसुम तामाङ, हेमा हमाल, प्रेस्था राई, विद्या बस्नेत, रसिया प्रधान, सिमन गोर्खाली, रिजा, रोजा शाक्य र तिलशा बज्रचार्यलगायतका मोडलहरु विभन्न डिजाइनरले तयार गरेका पहिरनमा प्रस्तुत हुनेछन् । उक्त शोका लागि फेसन डिजाइनर कमल मानन्धर, गिफ्टकी शोभा महर्जन, नोभा, वोचु जिन्सलगायतका डिजाइनमा मोडलहरुले -याम्प नाप्नेछ ।
यी मोडलहरुलाई कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गर्नेछन् । विभिन्न सांगीतिक कार्यक्रमबीच हुने उक्त ‘एञ्जल अन द फ्लोर’मा शो–स्टपरका रुपमा मोडल विपना थापा प्रस्तुत हुने भएकी छन् । फेसन शोका लागि सम्पूर्ण तयारी भइसकेको मञ्जुले बताइन् । आरएनआर ग्रुपद्वारा आयोजित फेसन शोको यो तेस्रो संस्करण हो ।

Leave a Reply

%d bloggers like this: