Fri. Apr 26th, 2024

17457779_1327256487367728_1679545443340771191_nlappan_chhappan
चलचित्र ‘लप्पन छप्पन’ रिलिज भएलगतै दर्शकहरुको खाचाखच्ले शनिबार देश भरिका सम्पूर्ण सिनेमा हल हाउस फूल भए।‘लप्पन छप्पन’ले उत्साहजनक व्यापार गरेको छ । film industry एकपटक फेरी तातियोl फिल्मले पहिलो दिनमै सर्वाधिक सफल भनिएको फिल्म छक्कापञ्जाको रेकर्ड तोडेको छl प्रदर्शनको पहिलो दिन शुक्रवार फिल्मले काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरी करिब ८० लाख भन्दा बढीको व्यापार गरेर छक्का पन्जा को रेकर्ड तोडेको छ । छक्का पन्जाले प्रदर्शनको पहिलो दिन करिब ६४ लाखको व्यापार गरेको थियो ।
फिल्मले राजधानीसँगै काठमाडौं बाहिरका प्रमुख शहर पोखरा, नारायणगढ, बुटवल, हेटौँडा, बिर्तामोड लगायतमा पनि उत्साहजनक व्यापार गरेको बताइएको छ ।गोल्डेन हिल्स पिक्चर्स प्रा.लि. प्रस्तुति नेपाली चलचित्र लप्पन छप्पन युरोपका विभिन्न भागको छायाँकन गरीएको छ । फिल्ममा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकोटी, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ति भट्ट लगायतका कलाकारहरुको मुख्य भूमीका रहेको छ । साथै फिल्ममा हलिउडका कलाकार ओलिभर ब्लुर्कले अभिनय गरेका छन् ।

Leave a Reply

%d bloggers like this: