Wed. May 8th, 2024

शुक्रबारबाट रिलिज भएको चलचित्र लप्पन छप्पन ले ३ दिन मा १ करोड ५० लाख को व्यापार गरेको छ । शुक्रबार ५० प्रतिशतको ओपनिङ गरेको चलचित्रले शनिबार बिदाको दिनमा सुखद व्यापार गर्‍यो । चलचित्रको शनिबार ७० देखि ८५ प्रतिशतसम्मको अकुपेन्सी रहेको निर्माणपक्षको दाबी छ । वितरक गोविन्द शाही चलचित्रले शनिबार सबै हलमा हाउसफूलको व्यापार गरेको बताउँछन् । पहिलो दिनमै चलचित्रले ८० लाख भन्दा बढीको व्यापार गरेको थियो भने दोस्रो दिन ९५ देखि एक करोड कमाई गरेको वितरक शाहीको दाबी छ । वितरक शाहीले चलचित्रले शनिबार सबै हलमा हाउसफूलको व्यापार गरेको बताए । यो चलचित्रले काठमाडौंका १९ र मोफसलका ४५ वटा हलमा रिलिज भएको छ ।
दर्शकको प्रतिक्रिया वुझ्न चलचित्रका मुख्य नायक दयाहाङ राइ, नायिका बर्षा सिवोकाटी हलमा पुगेका थिए । उनीहरुले दर्शकको विचमा रहेर सेल्फी पनि खिचाए चलचित्रको बारेमा दर्शक र समिक्षकबाट मिश्रति प्रतिक्रिया आइरहेको छ ।यूरोपको लोकेशनमा खिचिएको यो चलचित्रको मेकिङमा यसको निर्माणपक्षले मिहिनेत गरेको देखिन्छ ।
चलचित्र ‘लप्पन छप्पन’ रिलिज भएलगतै दर्शकहरुको खाचाखच्ले देश भरिका सम्पूर्ण सिनेमा हल हाउस फूल भए।‘लप्पन छप्पन’ले उत्साहजनक व्यापार गरेको छ । film industry एकपटक फेरी तातियो फिल्मले राजधानीसँगै काठमाडौं बाहिरका प्रमुख शहर पोखरा, नारायणगढ, बुटवल, हेटौँडा, बिर्तामोड लगायतमा पनि उत्साहजनक व्यापार गरेको बताइएको छ ।
devu-shrestha
मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रलाई चन्दले निर्माण गरेका हुन् । गोल्डेन हिल्स पिक्चर्स प्रा.लि. प्रस्तुति फिल्ममा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकोटी, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ति भट्ट लगायतका कलाकारहरुको मुख्य भूमीका रहेको छ । साथै फिल्ममा हलिउडका कलाकार ओलिभर ब्लुर्कले अभिनय गरेका छन् । फिल्मले राजधानीसँगै काठमाडौं बाहिरका प्रमुख शहर पोखरा, नारायणगढ, बुटवल, हेटौँडा, बिर्तामोड लगायतमा पनि उत्साहजनक व्यापार गरेको बताइएको छ ।

Leave a Reply

%d bloggers like this: