Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
नायिका रेखा थापाको नया चलचित्र “रुद्रपिया” को निर्माणको केहि समय अगाडी नै घोषणा भईसकेको छ । चलचित्रको अब यहि चैत्र अन्त्य देखि नै छायांकन सुरु हुने कुरा निर्माण पक्षेले जानकारी दिएको छ । चलचित्रको यति बेला प्रि प्रोडक्सनको सम्पूर्ण कार्य सकिएको छ ।
रेखा फिल्मसको प्रस्तुती रहने चलचित्रमा रेखा लिड अभिनयमा रहेकी छिन् । उनि संगै चलचित्रमा निर्देशक तथा अभिनेता सुदर्शन थापा र अर्का अभिनेता अर्पण थापाको समेत महत्वपूर्ण भूमिका रहेको छ । चलचित्रको निर्मात्रीको रुपमा सरस्वति थापा र कार्यकारी निर्माता तर्फ रमेश पौडेल रहेका छन् ।
यसै गरि चलचित्रको यति बेला ३ गीत तयार भईसकेका छन् । संगीतकार सुरेश अधिकारीको संगीतमा उक्त गीतहरु तयार भएका हुन् । उनको अनुसार गीतहरु केहि फरक हिसाबले तयार भएको र दर्शकहरुको मन मुटु भित्र अवश्य पनि बस्न सफल रहने उनको भनाई रहेको छ । चलचित्रको निर्देशन बबी सिंहले गर्दैछन् । चलचित्रको कथा लेखनको काम पनि उनले नै गरेका छन् ।

Leave a Reply

%d bloggers like this: