Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
काठमाडौँको कमलादी स्थित गणेश मन्दिरमा सेतो परेवा उडाउँदै चलचित्र “ब्ल्याक” को निर्माणको घोषणा गरिएको छ । आश्मा फिल्म्सको प्रस्तुति रहने चलचित्रमा आकाश श्रेष्ठ र रेनुका सिंह ठकुरीको मुख्य भूमिका रहने छन् । यस्तै चलचित्रमा आकाश र रेनुका संगै सुन्दर श्रेष्ठ , आश्मा पाण्डे , आयुष रिजाल , धिरेन शाक्य , सुशील क्षेत्री , प्रिया रिजाल लगाएतका कलाकारहरुको मुख्य भूमिका रहने छ ।
black
आश्मा पाण्डेको लगानीमा निर्माण हुने चलचित्रमा मौनता श्रेष्ठको लेखन , रामशरण उप्रेतिको छायांकनको साथमा महेश खड्का र प्रदिप पौडेलको संगीत रहेको छ । बसन्त अधिकारी मुख्य सहायक निर्देशक रहेको चलचित्रमा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ । करण सिंह निर्माण नियन्त्रकको रुपमा रहेका छन् ।
चलचित्रलाई प्रदिप श्रेष्ठले निर्देशन गर्दैछन् । पुरानो पुस्ता र अहिलेको पुस्ताको अहिलेको सोचलाई समायोजन गरेर चलचित्रको कथा वस्तु तयार गरिएको निर्माण पक्षेले जानकारी दिएको छ । चलचित्र पारिवारिक कथाको घेरोमा घुम्ने र प्रेम समबन्धको साथमा अरु थुप्रै रमाइलो कुराहरुको मिश्रण चलचित्रमा हुने कुरा समेत निर्माण पक्षेले बताएको छ ।

Leave a Reply

%d bloggers like this: