Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
यति बेला बाहिर बजारमा चलचित्र “लप्पन छप्पन” को धेरै नै चर्चा परिचर्चा भईरहेको छ । चलचित्र यहि चैत्र ११ गते देखि प्रदर्शनमा आउन लागेको छ । चलचित्र स्टार कास्टले भरिपूर्ण रहेको छ । अझै बढी भन्नु पर्दा चलचित्रमा अभिनेता सौगात मल्ल धेरै नै हाईलाईटेडमा छन् । उनको अभिनयले नछोएको व्यक्तिहरु यति बेला सायदै भेटिएला । जस्तो सुकै पात्रलाई पनि पूर्ण रुपमा न्याय गर्न सक्ने क्षमता भएका कलाकारमा उनको नाम अगाडी नै आउछ । फरक फरक पात्रमा काम गर्न पाउदा आफुलाई धेरै खुशी मिल्ने कुरा उनि स्वयम बताउछन् ।
lappan-chappan
यस्तै यस चलचित्रमा समेत उनको केहि फरक भूमिका रहेको छ । अहिले सम्मको चलचित्र भन्दा पृथक र नया शैली अनि पात्रमा देखिएका उनले मुखमा बंगुरको मुखौटा र नक्कली दात समेत लगाएर यस चलचित्रमा अभिनय गरेका छन् । यसै बिषयमा बोल्दै उनले आफुलाई केहि अफ्टेरो चाही भएको र त्यो अफ्टेरो पनि आफुलाई रमाइलो लागेको कुरा उनले बताए । मुखौटा लगाएर अभिनय गर्दा भने आफुलाई हल्का रुपमा निसास्सिएको अनुभव भएको उनले बताए । तर आफु सानै देखि नै मुखौटा संग खेल्दै आएकोले पनि चलचित्रमा त्यसलाई नै लगाएर काम गर्दा खुशी र रमाइलो लागेको उनले उल्लेख गरेका छन् । यस्तै सधै जस्तै यसपटक पनि चलचित्रमा आफुले पाएको पात्रलाई सक्दो न्याय गरेको र चलचित्रले सम्पूर्ण दर्शकहरुलाई खुशी प्रदान गर्ने विश्वास समेत उनले ब्यक्त गरेका छन् ।
lappan-chappan
यति बेला दर्शकहरुलाई चलचित्रको अधिकतम पर्खाई रहेको छ । चलचित्रको निर्देशन मुकुन्द भट्टले गरेका छन् । उनि युवा निर्देशकको रुपमा अगाडी बढेका छन् । धेरै समय देखि नेपाली चलचित्र क्षत्रमा आफुलाई निखार्दै यो स्थान सम्म आइपुगेका उनले धेरै अनुभव बटुलिसकेका छन् । उनले आफुले चलचित्रको निर्माण निकै राम्रो संग गरेको र सबै कलाकारहरुले पनि राम्रो अभिनय गरेको र चलचित्रलाई धेरै नै राम्रो बनाउने प्रयास आफ्नो टिमबाट भएको कुरा बताए । आफुले सबै खालका दर्शकहरुको टेस्टलाई मध्य नजर गरेर नै चलचित्र तयार गरेको र कसैलाई पनि चलचित्रले कदापी निराश नबनाउने कुरा पनि उनले उल्लेख गरेका छन् । उनले बोलेको कुराहरु साचो साबित हुने पनि प्रवल सम्भावना यति बेला देखिएको छ । चलचित्रको ट्रेलर र गीत संगीतले पाएको अधिक चर्चाले पनि चलचित्रले ठुलै सफलता हासिल पार्ने संकेत देखिन्छ ।
lappan-chappan
गोल्डेन हिल्स पिक्चर्स र बाशुलीङ फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई , सौगात मल्ल , अर्पण थापा , वर्षा शिवाकोटी , नव नायक प्रकाश जंग शाह र सिड खरेल , देवु श्रेष्ठ , राजु लामा लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । यस चलचित्रमा छायाँकार पुरुषोतम प्रधान , सम्पादक सुरेन्द्र पौडेल , साउण्ड डिजाइनर उत्तम न्यौपाने , ब्यागग्राउण्ड इम्माम बिक्रम शाह , कलरिस्ट राजेन्द्र मोक्तन रहेका छन् । चलचित्रमा चन्द्र पन्त को द्वन्द समावेश रहेको छ | चलचित्रको कथा वस्तु ओस्कार कलेज अफ फिल्म स्टडिजबाट स्क्रिप्ट लेखन तथा निदेशनमा स्नातक गरेका प्रवेश पौडेल र प्रकाश जंग शाहद्वारा तयार पारिएको हो | चलचित्रको निर्माता डम्बर चन्द हुन् । यस्तै उनलाई सह निर्माता इन्द्र प्रसाद खरेल तथा कार्यकारी निर्माता सहदेव गौतमले साथ दिएका छन् । चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको छ ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: