Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
अहिले चलचित्र बनेर मात्र पनि नहुने भएको छ चलचित्रले दर्शकहरुको चाहनालाई पुरा समेत गर्नु पर्ने अवस्था देखिएको छ । पहिलेको चलन अनुसार कुनै चलचित्रले सोलो रिलिज पायो भने राम्रो व्यापार गर्छ भन्ने मानसिकता समेत रहेको थियो । तर अहिले सबै कुरामा परिवर्तन आइसकेको छ । अहिले चलचित्रले दर्शकहरुलाई खुशी पार्न सकेन भने सोलो रिलिज पाए भने पनि सफलता हात पार्न सक्दैन । अहिलेको ताजा उदहारण हामी चलचित्र “दर्पण छाँया २” लाई लिन सक्छौ । चलचित्रले होलीको छेको पारेर सोलो रिलिज समेत पायो तर दर्शकहरुको आँखामा समेत पार्न सकेन । चलचित्रले उचित दर्शकहरुको साथ पाउन सकेन । यहि बिचमा अब यो हफ्ता प्रदर्शनमा आउन लागेको अर्को चलचित्र हो “यो साईनो मायाको” जसले पनि सोलो रिलिज नै पाएको छ । तर यस चलचित्रले दर्शकहरुलाई कति सम्म हलसम्म लिएर आउने हो त्यो हेर्न भने बाँकी नै छ ।
yo-saaino-mayako
सम्भवत चलचित्रले सोलो रिलिज पाउनु भनेको सफलताको संकेत पनि मानिन्छ जुन अहिले सम्म सफल भईपनि रहेको हो । तर अहिले दर्शकहरुको टेस्ट केहि फरक भएकोले पनि यो कुरामा अन्योल नै देखिन्छ । राम कुमार श्रेष्ठको निर्माणमा तयार भएको चलचित्र “यो साईनो मायाको” मा जतिन ताम्राकार , रेश्मा घिमिरे , नवनित राज प्रधान , किशोर भण्डारी , सुनिता श्रेष्ठ , राजु भुजेल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रमा प्राय सबै नया कलाकारहरुको जमात छ त्यसैले पनि दर्शकहरुले कुन हिसाबले यो कुरालाई मुल्यांकन गर्ने हो त्यसमा पनि अड्कल छैन । तर अहिले प्राय नया कलाकारहरु नै दर्शकहरुको रोजाईमा परेको अवस्था पनि छ । त्यस हिसाबले चलचित्रले दर्शकहरुलाई खुशी बनाउनेमा अधिकतम सम्भावना देखिन्छ ।
yo-saaino-mayako
चलचित्रको गीत संगीतको बढ्दो चर्चाले पनि चलचित्रको सफलताको संकेत देखाउछ । यसै पनि निर्माण पक्षेले चलचित्रलाई म्युजिकल जर्नीको उपनाम दिइसकेको छ । चलचित्रको गीत संगीतले अहिले धेरैको मन छोएको छ । सार्वजनिक ट्रेलरको प्रभाव पनि धेरै दर्शकहरुमा परेको छ । निर्माण पक्षेको अनुसार चलचित्रको निर्माणमा धेरै कुराको मिश्रण गरिएको र दर्शकहरुलाई पूर्ण तया मनोरंजननात्मक चलचित्र प्रस्तुत गर्ने प्रयास गरेको भनाई छ । मन्जिना मुभिज क्रियसनको प्रस्तुति रहेको चलचित्रमा बाबुराम नेपालीको छायांकन र कुन्दन थापा र विकेश के शंकरको संगीत समावेश रहेको छ । यस्तै चलचित्रको गीतहरुमा शिव परियार , मनिषा पोखरेल , कोशिश क्षत्री र मेलिना राईले आफ्नो स्वर दिएका छन् ।यस्तै चलचित्रका सह निर्माता तर्फ ज्ञानु रोय , सुरेश भण्डारी र बिरोज ताम्राकार रहेका छन् । चलचित्रको लेखन तथा निर्देशन अरुण कुमार प्रधानले गरेका हुन् ।
yo-saino-mayako
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: