Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
फाल्गुन १३ गते प्रदर्शन आएको चलचित्र “लुट २” ले सफल रुपमा तेस्रो हफ्तामा प्रवेश गरेको छ । चलचित्रले दोस्रो हफ्तामा समेत निकै राम्रो दर्शकहरुको साथ पाएको छ । दर्शकहरुको भिडमा केहि हद सम्मको कमि आएपनि दर्शकहरुले चलचित्र हेर्न भने छोडेनन् । चलचित्रले पाएको मिश्रित प्रतिक्रियाहरुले पनि दर्शकहरुलाई हल सम्म आउन उत्सुक बनाएको देखिन्छ । काठमाडौँ उपत्यका मात्र नभएर उपत्यका बाहिर पनि चलचित्रको क्लेक्सन निकै राम्रो देखियो । बाहिरको दर्शकहरु देखि पनि चलचित्रको बारेमा राम्रो प्रतिक्रिया आएको छ ।
loot-2
यस्तै देशमा मात्र होइन बिदेशमा समेत “लुट २” को चर्चा चल्यो । नेपाल बाहिरको दर्शकहरुले पनि चलचित्र रुचाए । यस हिसाबले पनि चलचित्रको चर्चा माथि उठेको हो । चलचित्र हेरेर आफुहरुले भरपुर मनोरंजन प्राप्त गरेको कुरा पनि धेरै दर्शकहरुले बताए । दर्शकहरुको माया अनि साथले गर्दा नै चलचित्रले तेस्रो हफ्तामा सफलतापुर्वक पाईला राखेको देखिन्छ । अब अगाडी के कस्तो हुने हो त्यो भने सबै कुरा दर्शकहरुको हातमा नै देखिन्छ ।
loot-2
यस्तै चलचित्रलाई यति धेरै माया अनि साथ दिनु भएकोमा सम्पूर्ण दर्शकहरुमा निर्माता माधव वाग्लेले आभार प्रकट गरेका छन् । दर्शकहरुको साथ अनि मायाले आफु धेरै हौसिएको र आगामी दिनमा अझै राम्रो चलचित्र निर्माण गर्ने हौसला समेत आफुलाई प्राप्त भएको उनको भनाई रहेको छ । अब आउने आफ्नो अरु चलचित्रहरुले पनि दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास समेत उनले ब्यक्त गरेका छन् ।
loot-2
अ प्रिन्सेस मुभिज र ब्ल्याक हर्स पिक्चर्स प्रोडक्सनको साथमा अ पोपकर्न पिक्चर्सको प्रस्तुति रहेको चलचित्र लुट २ मा सौगात मल्ल , दयाहाङ राई , कर्मा , ऋचा शर्मा , बिपिन कार्की , कामेश्वर चौरासिया , सृजना सुब्बा , सुशील राज पाण्डे , सुशील उप्रेती , एलिशा राई लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । चलचित्रको इडीटिङको काम भने सुरेन्द्र पौडेलले गरेका छन् । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द निर्देशन रहेको छ । चलचित्रमा रेनेसा बान्तवा राई र विक्रम स्वारको नृत्य नृत्य निर्देशन समावेश छ । चलचित्रमा काली प्रसाद बास्कोटा , हर्कुलेस बस्नेत , रोशन थापा र सुरज शाही ठकुरीको संगीत रहेको छ । चलचित्रलाई निर्माण गर्ने काम भने माधव वाग्ले र नरेन्द्र महर्जनले गरेका छन् । यस्तै चलचित्रको लेखन तथा निर्देशन निश्चल बस्नेतले गरेका छन् ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: