Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
यो हफ्ता शुक्रवार देखि प्रदर्शनमा आएको चलचित्र “दर्पण छाँया” ले दर्शकहरुको राम्रो साथ पाउन सकेन । यसको धेरै कारणहरु छन् त्यस मध्यको कारण हो नेपाल बन्द र “लुट २” । शुक्रवार देखि नै सुरु भएको नेपाल बन्दले देशका विभिन्न भागमा धेरै असार गरेको छ जसको चपेटामा “दर्पण छाँया २” परेको छ । नेपाल बन्दको कारण काठमाडौँ उपत्यका बाहिर धेरै ठाउँमा दर्शकहरुको साथ चलचित्रले पाउन नसकेको खबर छ ।
काठमाडौँ उपत्यकामा पनि नेपाल बन्दको केहि असर परेको छ जसले गर्दा पनि “दर्पण छाँया २ ” लाई असर पर्यो । पहिलो दिनको सुरुवात चलचित्रले त्यति राम्रो गर्न सकेन । यता “लुट २” ले हल अहिले सम्म पनि छोडेको छैन । दर्शकहरुको चाप त्यता “लुट २” मा धेरै नै देखिन्छ जसको सिधा असर “दर्पण छाँया २ “लाई परेको देखियो । सुरुवाती पहिलो दिनमा नै यी यस्ता परिणामले गर्दा अगाडी के होला भन्ने कुराको शंका दर्पण छाँया मा देखिएको छ ।
चलचित्रले राजधानीमा प्रदर्शनको अगिल्लो दिन प्रिमिएर शो गरेको थियो जहाँ दर्शकहरुको साथमा पत्रकारहरुको पनि जमात रहेको थियो । चलचित्र हेरिसकेपछि उपस्थित दर्शकहरुबाट मिश्रित प्रतिक्रिया आएको देखियो । यस्तै समिक्षकहरुले पनि चलचित्रलाई मध्यम हिसाबले मुल्यांकन गरे । शुक्रवार चलचित्र हेरेका दर्शकहरुबाट पनि मिश्रित प्रतिक्रिया नै आएको छ ।
सहारा फिल्म्सको पहिलो प्रस्तुति रहेको चलचित्र “दर्पण छाँया २” का प्रस्तोता डा लोप्जङ लामा हुन् भने निर्माता साबु गदाल कार्की र रवि कार्की हुन् । छायाँकार रामेश्वर कार्कीले चलचित्रको छायांकन गरेका छन् । यस्तै चलचित्रमा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रका निर्देशन तुलशी घिमिरेले गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: