Tue. May 7th, 2024

मनोरंजनसंसार डटकम
प्रदर्शनको नजिकै आएर चलचित्र “यो साईनो मायाको” ले आफ्नो प्रचार प्रसार पनि निकै तीव्र पारेको छ । चलचित्रको प्रचार प्रसार तथा गीत संगीतले पनि दर्शकहरुलाई हल सम्म लिएर आउने संकेत देखिन्छ । चलचित्र चैत्र ४ गते देखि देशभरका हलहरु देखि एकै साथ प्रदर्शन हुदैछ । चलचित्रले सोलो रिलिज पाएको छ | यस कारण पनि चलचित्रलाई कुनै पनि किसिमको असर नहुने पनि देखिन्छ |
yo-saaino-mayako
चलचित्रमा प्राय सबै नया कलाकारहरुको जमघट रहेको छ । तर नया कलाकारहरु पनि युवा पुस्ताका भएकाले केहि नया कुरा भने चलचित्रबाट अवश्य पाउने संकेत देखिन्छ । चलचित्रमा कलाकारहरुको अभिनयले पनि दर्शकहरुको मन जित्ने कुराको पुष्टि धेरै हद सम्म सार्वजनिक ट्रेलरले गर्दछ । प्रेम कथा संग संगै पारिवारिक कथामा रुमलेर सांगीतिक यात्रा तर्फ चलचित्र मोडिएको कुरा निर्माण पक्षेले बताएको छ । चलचित्रको कथा वस्तु र प्रस्तुतिले सबैको मनमा राज गर्ने र कोहि पनि निराश हुनु नपर्ने कुरा निर्माण पक्षेले बताएको छ ।
yo-saaino-mayako
चलचित्रको निर्माता राम कुमार श्रेष्ठ हुन् जसले यसै चलचित्र मार्फत निर्माता भएर नेपाली चलचित्र जगतमा पाईला चलेका छन् । उनले आफुले यस चलचित्र देखि धेरै नै आशा राखेको र सके सम्म राम्रो चलचित्र दर्शकहरु सम्क्ष आफुले प्रस्तुत गर्न खोजेको उनको भनाई रहेको छ । यहि आशा र विश्वासले नै उनले यो साईनो मायाको २ को घोषणा पनि गरिसकेका छन् जसको आउदो बैशाख देखि छायांकन सुरु हुने कुरा बाहिर आएको छ । यस पटक दर्शकहरुको भरपुर साथ अनि माया पाए अर्को चलचित्र पनि यो भन्दा राम्रो बनाउने प्रयास गर्ने प्रतिबध्ता समेत उनले जाहेर गरेका छन् । यस्तै उनले नजिकैको सिनेमा घरमा गएर एकचोटी आफ्नो चलचित्र हेरेर आफ्नो प्रतिक्रिया प्रदान गरिदिनुहुन सम्पूर्ण दर्शकहरु माझ उनले हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।
yo saino mayako reshma ghimire jatin tamrakar
मन्जिना मुभिज क्रियसनको प्रस्तुति रहेको चलचित्रमा जतिन ताम्राकार , रेश्मा घिमिरे , नवनित राज प्रधान , किशोर भण्डारी , सुनिता श्रेष्ठ , राजु भुजेल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रमा बाबुराम नेपालीको छायांकन र कुन्दन थापा र विकेश के शंकरको संगीत समावेश रहेको छ । यस्तै चलचित्रको गीतहरुमा शिव परियार , मनिषा पोखरेल , कोशिश क्षत्री र मेलिना राईले आफ्नो स्वर दिएका छन् । चलचित्रका निर्माता राम कुमार श्रेष्ठ हुन् । यस्तै चलचित्रका सह निर्माता तर्फ ज्ञानु रोय , सुरेश भण्डारी र बिरोज ताम्राकार रहेका छन् ।
yo-saino-mayako
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: