Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
निर्माणको घोषणा भईसकेको र छायांकनको तयारीमा रहेको चलचित्र “लाउरे” मा फेरी अर्को नया कलाकारको आगमन भएको छ । ति कलाकारको नाम हो तेस्रो लिंगी अन्जली लामा । उनले यसै चलचित्र मार्फत पहिलो पटक नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । “लक्मे फेसन विक” मा पुगेर उक्त फेसन विकमा पुग्ने विश्वकै पहिलो तेस्रो लिंगी बनेर इतिहास रचेकी लामालाई निर्माता सुनिल रावलले आफ्नो यस चलचित्र मार्फत डेब्यु गराउन लागेका हुन् ।
saayad-2
दुर्गिश फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा यस अघि नरेन लिम्बु , विक्रम सिंह , मिरूना मगर , सृष्टि श्रेष्ठ , सुमन चित्रकार लगाएतका कलाकारहरु अनुबन्दित भईसकेका छन् । चलचित्रमा आलोक शुक्लाको छायांकन र जेशन कुँवर ‘नाइट व्याण्ड’ को संगीत रहने छ । यस्तै चलचित्रका निर्माता तर्फ भने सुनिल रावल , सुवास लामिछाने , ईश्वर श्रेष्ठ , भेषमणि श्रेष्ठ र तुफान गौचन रहेका छन् । चलचित्र यहि चैत्र १५ गते देखि छायांकनमा जाने कुरा समेत निर्माण पक्षेले जानकारी दिएको छ । यस्तै चलचित्रको काठमाण्डौं, धरान र दार्जलिङ लगाएतका स्थानहरुमा छायांकन हुनेछ ।
saayad-2
यो भन्दा अगाडी “सायद” , “होस्टल” , “होस्टल रिटर्नस” , “सायद २” लगाएतका चलचित्रका निर्माण गरिसकेका निर्माता सुनिल रावलको “लाउरे” पाँचौ चलचित्र हो । उनि निर्माता मात्र नभएर एक कुशल कलाकार समेत हुन् । आफ्नो पछिल्लो चलचित्र जस्तै यस चलचित्रमा समेत उनले खुब मेहेनत गर्ने र यस चलचित्रलाई पनि दर्शकहरुले मनपराईदिनु हुने विश्वास उनले राखेका छन् ।

Leave a Reply

%d bloggers like this: