Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतमा लामो समय देखि समय मेहेनतका साथ लागिपरेका माझी समुदायका किङ गायक यमन माझीको नया गीतको रेकर्डिङ कार्य सकिएको छ । “अमेजीङ” बोलको उक्त गीतमा शब्द संगीत र कम्पोजिसन कार्की सरको रहेको छ भने स्वर यमन माझीले भरेका छन् । धेरै किसिमको गीतहरु नेपाली दर्शक श्रोताहरुको माझमा प्रस्तुत गरिसकेका उनले यसपटक पनि रोमान्टिक गीत सबैको माझमा सार्वजनिक तयारीमा गरिरहेका छन् । उनले यस गीतलाई युवा पुस्तामा समर्पित रहेको कुरा पनि बताए । अहिलेको तत्कालिन अवस्थालाई हेरेर बुझेर नै मनोरंजननात्मक हिसाबले गीतको निर्माण भएको कुरा उनले बताए ।
yaman-majhi
अन्तिम चरणको काममा रहेको उक्त गीत अब चाडै नै सार्वजनिक हुने कुराको जानकारी गायक यमन माझीले दिएका छन् । युवा पुस्ताको गायकको रुपमा स्थापित उनले यस अघि पनि धेरै राम्रा राम्रा गीतहरु प्रस्तुत गरिसकेका छन् । दर्शक श्रोताहरुले उनको गीत संगीतलाई आत्मसाथ पनि गरिरहेका छन् । नेपाली गीत संगीतमा केहि नया कुराको उत्पत्ति गर्ने र केहि हद सम्म भए पनि नयापनको सुरुवात नेपाली गीत संगीत क्षत्रमा गर्ने कुराको लागि उनले धेरै मेहेनत समेत गरेका छन् । उनको स्वरमा एक किसिमको फरक कुराको अनुभव सबैलाई हुने गरेको छ । त्यहि अनुरुप उनि सबैको मन मस्तिष्कमा समेत बस्न सफल भएका छन् ।
yaman-majhi
पछिल्ला आफ्नो गीतहरु भन्दा यो गीत भने धेरै फरक अनि रोमान्चक समेत रहेको उनको भनाई रहेको छ । शब्द संगीत संगै कम्पोजिसन पनि निकै नै राम्रो भएको यस गीतले दर्शक श्रोताहरुको मन जित्ने कुरामा निकै आशावादी रहेका छन् गायक यमन माझी । युवा गायकको रुपमा नेपाली कला क्षत्र र गीत संगीतमा उनले गरेको लामो समय देखिको योगदान निकै नै अपरिहार्य समेत रहेको छ । धेरै परिस्थितिहरुको सामना गर्दै उनि आज यो स्थान सम्म आइपुगेका छन् । धेरै समस्याहरु आएतापनि उनले हार कहिले पनि मानेन र यस क्षत्रमा नै निरन्तर लागेर आफुलाई अझै बढी निखार्ने प्रयास गरे जसको फल स्वरूप आज उनि धेरै दर्शक श्रोताहरुको मन मुटुमा स्थापित छन् ।
yaman-majhi
आफुले जति नै राम्रो काम गरे पनि दर्शक श्रोताहरुको माया अनि साथ बिना आफु बिल्कुलै अधुरो रहेको कुरा उनले बताए । आफुलाई अगाडी अझै राम्रो गर्ने नेपाली दर्शक श्रोताहरुको ठुलो साथ चाहिने कुरा पनि उनले प्रष्ट पारे । त्यसैले उनले आफ्नो पछिल्ला प्रस्तुति जस्तै आउन लागेको आफ्नो यो नया प्रस्तुतिलाई समेत हेरेर सुनेर आफ्नो प्रतिक्रिया राखिदिनुहुन र आफुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन नेपाली दर्शक श्रोताहरुलाई हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् । यस्तै उनले हामीले आफ्नो ठाउँ देखि हाम्रो भाषा संस्कृति र नेपाली गीत संगीतलाई जगेर्ना गर्ने काम गर्नुपर्छ भन्दै जहाँ रहे पनि सधैब नेपाली गीत संगीतलाई माया अनि सम्मान गरिदिनुहुन समेत सम्पूर्ण नेपाली दर्शक श्रोताहरुलाई आग्रह गरेका छन् ।

Leave a Reply

%d bloggers like this: