Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी आफ्नो डेब्यु एल्बमको पहिलो गीत सार्वजनिक गरेका नव गायक डी.बि लिम्बुको नया गीत चाडै नै सार्वजनिक हुने तयारीमा रहेको छ । “आई लव युउ भनन” बोलको रोमान्टिक गीतमा शब्द दिपेन्द्र खड्काको रहेको छ भने संगीत सि.डी विजय अधिकारीको रहेको छ । गीतमा नव गायक डी.बि ले आफ्नो स्वर भरेका छन् । उनले दिएको जानकारी अनुसार उनको पहिलो “सुरुवात” नामक एल्बमको काम पनि करिव सकिसकेको छ । अब चाडै नै एल्बम सार्वजनिक हुने कुरा पनि उनले बताए ।
उनले यस अघि आफ्नो एल्बमको सेन्टिमेन्टल गीत बाहिर सार्वजनिक गरेका थिए । अहिले आएर उनले रोमान्स नम्बर बाहिर लिएर आउने जमर्को गरिरहेका छन् । गीत केहि फरक शैलीमा तयार भएको र युवा पुस्ताको लागि केन्द्रित गरिएको कुरा पनि उनले बताए । नेपाली गीत संगीत क्षत्रमा आफ्नो पाईला अगाडी बढाउदै गरेका उनले दर्शक श्रोताहरुको मन बिस्तारै जित्ने क्रममा रहेका छन् । यस पछिको आउने क्रममा रहेको गीतहरु अझै पृथक नै रहेको कुरा पनि उनले खुलासा गरे । नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताउने उनले यसमा आफुले अझै बढी मेहेनत गर्ने र राम्रो राम्रो प्रस्तुति दर्शक श्रोता सामु पेश गर्ने प्रतिबध्ता समेत जाहेर गरे ।
अब छिट्टै नै सार्वजनिक हुने तयारीमा रहेको आफ्नो गीतलाई हेरेर सुनेर आफ्नो प्रतिक्रिया राखिदिनुहुन उनले सबै दर्शक श्रोता माझ बिन्ति बिसाएका छन् । यस्तै आफु जस्तो नव कलाकारहरुलाई अगाडी बढ्नको लागि हौसला प्रदान गरिदिनुहुन र जहाँ रहे पनि नेपाली गीत संगीतलाई माया अनि सम्मान गरिदिनुहुनको लागि उनले सबै नेपालीहरुलाई हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।

Leave a Reply

%d bloggers like this: