Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
हेन्सी भिलेनको दर्जा पाएका अभिनेता अनुप विक्रम शाहीको नया प्रोजेक्ट सुरु भएको छ । उनको लिड अभिनयमा निर्माण हुदै गरेको चलचित्र “निसाफ” को छायांकन सुरु भएको छ । केहि समय अगाडी मात्र चलचित्र निर्माणको घोषण गरिएको थियो । बिहिवार भक्तपुर गठ्ठाघर स्थित दुर्गा मन्दिरमा पुजा गर्दै चलचित्रको औपचारिक छायाँकन सुरु गरिएको छ ।
चलचित्रमा अनुप संगै सरोज खनाल, धु्रव कोइराला, यादव बैरागी, भरत ढुङगाना, सगुन थापा, बिजयजङ रायमाझी, रबिना खतिवडा लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । विवेक सापकोटाको प्रस्तुति रहेको चलचित्रमा दिव्य सुवेदीको छायांकन , मनोज चौलागाइको संगीत , श्री श्रेष्ठको द्धन्द्ध र कविराज र बब्बुको नृत्य समावेश गरिएको छ ।
चलचित्रको लेखन तथा निर्देशन विवेक सापकोटाले गरेका छन् । चलचित्रका निर्माता भने यस जंग राना हुन् । सुपरियल फिल्म्सको ब्यानरमा निर्माण हुन् लागेको चलचित्रको छायांकन अवधि ३५ दिनको राखिएको छ । अपराधिक घटना क्रमको सेरोफेरोमा रहेर निर्माण हुन लागेको चलचित्रमा हामी अनुप विक्रम शाहीलाई फरक भूमिका हेर्न पाउने छौ ।

Leave a Reply

%d bloggers like this: