Tue. May 7th, 2024

मनोरंजनसंसार डटकम
फाल्गुन १३ अर्थात् शुक्रवार महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र “लुट २” ले सुरुवात निकै आक्रामक गरेको छ । चलचित्र क्षत्रका महापण्डितहरुले मात्र होइन दर्शकहरुले लगाएको अनुमान पनि सत्य साबित भयो । काठमाडौँ उपत्यका भित्रको सिनेमा हलहरुमा कुनै पनि शो को टिकट खालि नभएको भेटियो । दर्शकहरुले निकै समय कुरेर चलचित्र “लुट २” हेरेको पनि देखियो । एक अर्थले भन्दा चलचित्र “लुट २” हेर्न दर्शकहरुको महासागर नै उर्लेर आयो । अग्रिम बुकिङमा नै सबै टिकट सोल्ड आउट भएको पाइयो । पहिलो दिनको ब्लास्ट बम्पर ओपेनीङले दोस्रो दिन शनिवार कस्तो दिन देखाउला भनेर यति बेला सबैको मनमा चासो परेको छ । काठमाडौँ भित्रका सम्पूर्ण मल्टिप्लेक्स हलहरुले “लुट २” लाई भारि शो दिएको छ जसमा दर्शकहरुको चाप अत्याधिक पाइएको छ । सबै शो हाउसफुल रहेको र दर्शकहरु टिकट नपाएर फर्किएको कुरा पनि हलवालाहरुले बताएका छन् ।
loot-2
मल्टिप्लेक्स मात्र नभएर यता सिंगल थिएटरको अवस्था पनि उस्तै नै रहेको छ । सिनेमा घरहरुले दर्शकहरुको छाप थाम्न नसकेको कुरा पनि बाहिर आएको छ । यस्तै काठमाडौँ उपत्यका बाहिरबाट पनि हाउसफुलको खबरहरु अत्याधिक आइरहेको छ । चलचित्र हेरिसकेपछि दर्शकहरुले निकै नै राम्रो प्रतिक्रिया दिएका छन् । यस हिसाबले चलचित्रको माउथ पब्लिसिटी पनि अगाडी निकै नै राम्रो हुने देखिन्छ । चलचित्र हेर्ने दर्शकहरुले चलचित्रको खुलेर प्रशंसा गरेका छन् । चलचित्र भित्र रहेको पहिलेको भन्दा पनि धेरै सस्पेन्स कमेडी र थ्रिलरले दर्शकहरुको मन छोएको छ । दर्शकहरुले अपेक्षा गरेको कुराहरु चलचित्र लुट २ ले दिएको कुरा पनि अधिकांशको मुखबाट सुनिएको छ । चलचित्रको पहिलो दिनको ओपेनीङले आगामी दिनमा अझै धेरै राम्रो गर्ने संकेत देखाएको छ । यस्तै पहिलो दिनको दर्शकहरुको साथ अनि मायाले “लुट २” को ओपनिङ डे कलेक्शनले नै हालसम्मको सबै फिल्मको रेकर्ड ब्रेक गर्ने अनुमान छ ।
loot-2
अ प्रिन्सेस मुभिज र ब्ल्याक हर्स पिक्चर्स प्रोडक्सनको साथमा अ पोपकर्न पिक्चर्सको प्रस्तुति रहेको चलचित्र लुट २ मा सौगात मल्ल , दयाहाङ राई , कर्मा , ऋचा शर्मा , बिपिन कार्की , कामेश्वर चौरासिया , सृजना सुब्बा , सुशील राज पाण्डे , सुशील उप्रेती , एलिशा राई लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । चलचित्रको इडीटिङको काम भने सुरेन्द्र पौडेलले गरेका छन् । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द निर्देशन रहेको छ । चलचित्रमा रेनेसा बान्तवा राई र विक्रम स्वारको नृत्य नृत्य निर्देशन समावेश छ । चलचित्रमा काली प्रसाद बास्कोटा , हर्कुलेस बस्नेत , रोशन थापा र सुरज शाही ठकुरीको संगीत रहेको छ । चलचित्रलाई निर्माण गर्ने काम भने माधव वाग्ले र नरेन्द्र महर्जनले गरेका छन् । यस्तै चलचित्रको लेखन तथा निर्देशन निश्चल बस्नेतले गरेका छन् ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: