Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
बैशाख १ गते प्रदर्शन मिति तोक्दै चलचित्र “राधे” ले आफ्नो पहिलो टिजर सार्वजनिक गरेको छ । सार्वजनिक टिजरमा हामी नायक निखिल उप्रेतीलाई भरपुर एक्शनको साथ नया रुपमा देख्न सक्छौ । चलचित्रको एउटा गीत केहि समय अगाडी नै सार्वजनिक भईसकेको छ भने उक्त गीतले दर्शकहरुको माझमा राम्रै चर्चा समेत कमाईरहेको छ ।
हरि ओम सिने मेकर्सको प्रस्तुति रहेको चलचित्रमा निखिल उप्रेती , प्रियंका कार्की , अशिष्मा नकर्मी , प्रमोद अग्रहरी , शिशिर भण्डारी , सलोन बस्नेत लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । यस्तै चलचित्रमा अर्जुन पोखरेलको संगीत , कृष्ण श्रेष्ठको छायांकन , हिमाल केसीको द्वन्द र रामजी लामिछानेको नृत्य निर्देशन समावेश रहेको छ । चलचित्रलाई लेखन तथा निर्देशन जग्दिश्वोर थापाले गरेका छन् । यस्तै चलचित्रका निर्माता भने सुशील पोखरेल हुन् ।
चलचित्र निकै राम्रो बनेको र दर्शकहरुको चाहनलाई यस चलचित्रले पुरा गरेको कुरा निर्माण पक्षेले बताएको छ । चलचित्र निर्माणमा कुनै पनि किसिमको कन्जुसाई आफुहरुले नगरेको कुरा निर्माता सुशील पोखरेलले स्पष्ट पारेका छन् । चलचित्रले पूर्ण रुपमा दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास समेत उनले व्यक्त गरेका छन् ।
हेर्नुस टिजर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: