Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
नेपाली चलचित्र उद्दोगमा यति बेला प्रोमोसनको धेरै तरिकाहरु चलेको छ । यहि हिसाबले बैशाख १ गते प्रदर्शनको लागि तम्तयार भएर बसेको चलचित्र “लभ लभ लभ” ले फेरी प्रोमोसनको नया तरिका अपनाएको छ । चलचित्र निर्माण पक्षेले अहिले “पार्टिसिपेट एण्ड विन एक लाख” नामक प्रतियोगिताको थालनी गरेको छ । केहि दिन अगाडी मात्र भ्यालेन्टाइन स्पेसल प्रतियोगिता आयोजना गरि विजयी भएकाहरुलाई पुरस्कृत समेत गरेको टिमले फेरी यो अर्को प्रोमोसनको तरिका बाहिर लिएर आएको छ ।
यस प्रतियोगिता अन्तर्गत सहभागी हुने प्रतियोगीहरुले आफ्नो जीवनमा भएको लभ र त्यसको सुरुवात देखि प्राप्तिको लागि गरेको संघर्ष र आफुले गरेको त्याग सम्मको कुरा जोडेर आफ्नै शब्दमा आफ्नो प्रेमकथा कोरेर निर्माण पक्षेलाई बुझाउनु पर्ने हुन्छ । यस्तै इच्छुक कसैले पनि यसमा भाग लिन पाउनुहुनेछ । यस्तै निर्माण पक्षेको अनुसार चैत्र अन्त्य सम्मान आफ्नो प्रेम कथा कसैले पनि पठाउन सक्ने र उत्कृष्ट छानिने एक जनालाई एक लाख प्रदान गरिने छ । यसै गरि उक्त प्रेमकथाहरुबाट उत्कृष्ट कथालाई समेटेर चलचित्र नै निर्माण गर्ने घोषणा समेत चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले गरिसकेकी छिन् ।
पछिल्लो समय चलचित्र गीतले पनि राम्रो चर्चा कमाईरहेको छ । अमृत पाण्डेको प्रस्तुति रहेको चलचित्रलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेका छन् । यस्तै चलचित्रमा निरज कंडेलको छायांकन समावेश रहेको छ । चलचित्रमा सुरज पाण्डे र स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेका छन् । चलचित्रले हाम्रै नेपाली समाज भित्र रहेर सुन्दर प्रेम कथा बोल्छ ।

Leave a Reply

%d bloggers like this: