Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
बैशाख १ गते प्रदर्शन मिति तय गर्दै चलचित्र “घामपानी” ले आफ्नो पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टर हेर्दै आकर्षक देखिन्छ जसमा नायक दयाहाङ राई र नायिका केकी अधिकारीको सुन्दर प्रेमभाव महसुस गर्न सकिन्छ । सार्वजनिक पोस्टरले नै दर्शकहरुलाई आकर्षित बनाउछ । चलचित्रको यति बेला निकै चर्चा समेत भईरहेको छ । चलचित्रले केहि समय अगाडी नै आफ्नो “पंक्षी” बोलको गीत समेत सार्वजनिक गरिसकेको छ जसलाई दर्शकहरुले पनि मनपराई रहनु भएको छ ।
ghampani
चलचित्रले हाम्रो नेपाली समाजको सुन्दर कथा बस्तु चित्रण गरेको छ । अझ भन्नु पर्दा नेपाली समाजको २ समुदायको युवायुवतीको प्रेमको यात्रा साथमा पारिवारिक घटना क्रमको पनि राम्रो प्रस्तुति यस चलचित्रमा रहेको छ । सिनेमा आर्ट प्रोडक्सनको निर्माण र टर्चलाईट प्रोडक्सन र असलेशा इन्टरटेनमेन्टको प्रस्तुतिको रहेको चलचित्रमा दयाहाङ राई , केकी अधिकारी , अंकीत खड्का , सिल्सा जिरेल , प्रकाश घिमिरे , पुस्कर गुरुङ , बुद्धि तामाङ , कविता आले , अरुण कार्की , आमोघ पोखरेल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
ghampani
चलचित्रलाई सैलेन्द्र डी कार्कीले खिचेका हुन् । यस्तै चलचित्रको इडीटिङको काम निमेष श्रेष्ठले गरेका छन् भने चलचित्रमा कालीप्रसाद बास्कोटा र चन्द्र कुमार दोङको संगीत रहेको छ । चलचित्रका सह निर्मातामा अर्जुन कार्की र मणिराम पोखरेल रहेका छन् भने रामबाबु गुरुङ चलचित्रका कार्यकारी निर्माता हुन् । ओम गुरुङ , सैलेन्द्र डी कार्की र विश्वो गौचन चलचित्रका निर्माता हुन् । चलचित्रको लेखन तथा निर्देशन गर्ने काम दिपेन्द्र लामाले गरेका छन् । चलचित्रको बजार वितरकको जिम्मा भने गोबिन्द शाहीले लिनुभएको छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: