Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
नया वर्षाको सुरुवात अर्थात् बैशाख १ गते प्रदर्शन मिति तय गरेको चलचित्र “लभ लभ लभ” ले प्रेम दिवसको अवसरमा आयोजना गरेको “गेस आयण्ड विन” नामक प्रतियोगिताको बिजेताको नाम बाहिर सार्वजनिक गरेको छ । प्रतियोगितामा धेरैले सहभागीता जनाएका थिए ति मध्ये आकृति भट्टराई, अदिती रेग्मी र विजेश गुरुङ बिजयी हुन सफल भएका छन् ।
बिजयी भएका ३ जनालाई चलचित्र निर्माण कम्पनि सुरज सिने आर्ट्सको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच निर्मात्री शर्मिला पाण्डेले आकर्षक गिफ्ट ह्याम्पर सहित पुरस्कार प्रदान गरेकी छिन् ।
चलचित्रको प्रचारप्रसार सँगै माया गर्ने जोडीहरुको लागी चलचित्रका लिड कलाकार सुरज पाण्डे र स्वस्तिमा खड्का सहितको “जिआइएफ” भिडियो बनाएर फेसबुकमा पोस्ट गरिएको थियो, जुन प्रतिस्पर्धामा भाग लिन चाहनेहरुको लागी सुरज र स्वस्तिमा आउनेगरी स्कृन सट लिएर कमेन्टमा “लभ लभ लभ” लेखेर पोस्ट गर्न लगाइएको थियो ।
दिपेन्द्र के खनालको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र “लभ लभ लभ” मा सुरज पाण्डे , स्वस्तिमा खड्का , रमेश बुढाथोकी , देशभक्त खनाल , रुप राना , ए गुरुङ , आयान खड्का , गणेश मुनाल , लक्ष्मी भुसाल , शारदा गिरी , सम्झना सिर्पाली , सबिन बास्तोला , घनश्याम लामिछाने , तेज गिरी , भिम मैनाली , सिपि पौडेल लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रमा निरज कंडेलको छायांकन , कविराज गहतराजको नृत्य निर्देशन र सूर्या थोकरको एक्शन समावेश रहेको छ । सुरज सिने आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता अमृत पाण्डे हुन् भने चलचित्रको निर्माता भने शर्मिला पाण्डे हुन् |
यस्तै चलचित्रले प्रेम दिवसकै छेको पारेर आफ्नो नया गीत सार्वजनिक गरेको छ । “आ एम इन लभ” बोलको गीतमा शब्द संगीत जयन्त शर्माको रहेको छ भने अल्मोडा राना उप्रेती र सुमन गुरुङले गीतमा आफ्नो सुमधुर स्वर भरेका छन् । प्रेम भाव बोल्ने गीतले यति बेला राम्रै चर्चा समेत पाइरहेको छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: