Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
गीत संगीत सबैको मन भुलाउने सहज बाटो या माध्यम हो | गीत संगीतबाट खुशी नहुने व्यक्ति सायदै कमै मात्र होलान | तर गीत संगीतको पनि धेरै शैली अथवा पाटो हुन्छ | त्यस मध्य भजन पनि गीत संगीत भित्रको एक पाटो हो | अझै भन्नु पर्दा यसलाई त अत्ति आवश्यक पाटोको रुपमा पनि धेरैले लिने गर्दछन् | धार्मिकताले धेरैको मनमा बास गरेको छ अझै भजन सुन्दा त कसको मन सन्तुष्ट हुन्न होला र | आजको दिन मात्र होइन धेरै लामो समय देखि भजनले सबैको मनमा एउटा छुट्टै ठाउँ ओगटेको छ | तर अहिले सम्म भजन एक तर्फी मात्र आएको छ कहिले पनि केहि फरक पृथक कुराको समायोजन भने हुन सकेन | जसरी आज नेपाली गीत संगीतमा धेरै कुराको परिवर्तन आइसकेको छ जसले यसमा नयापन थपेको छ त्यसरी नै भजनको शैलीमा समेत केहि परिवर्तन त आउन आवश्यक नै रहेको थियो र छ पनि | यही कुरामा आफ्नो पाईला अगाडी बढाउदै आए रचनाकार तथा संगीतकार येदीन गजमेर | उनको नाम आफैमा भरिपुर्ण छ | उनको लेख र रचनाले आजको दिनमा मन नछोएको व्यक्ति खोजेर सायदै भेटिएला |
yedin-gajmer
लामो समयको धार्मिक तथा गीत संगीतको अध्यन र ज्ञान हासिल पश्च्यात केहि नया कुराको सुरुवात सहित उनले यति बेला नेपाली दर्शक श्रोताहरुको माझमा आफ्नो पहिलो भजन एल्बम “मेरो प्राणनाथ” (The Supreme Truth God) लिएर आए | सुरुमा हेर्दा र सुन्दा धेरै कुराको उत्सुकता लाग्ने यस एल्बम भित्र देखि त्यति नै भरिपुर्ण छ | यो एल्बम सुनेर प्रभावित नभएका मान्छे आज कमै भेटिए | आजको इतिहासमा भजनको शैली र सोचाईलाई नै परिवर्तन गरेर देखाए रचनाकार तथा संगीतकार येदीन गजमेरले जुन सबैको लागि लाभदायिक समेत भयो | हुन त समयको गति संगै धेरै कुरा परिवर्तन भयो जमाना पनि नया आयो यहि हिसाबले युवा पुस्ताको सोच पनि फरक हुदै गयो | धार्मिक कुरा अझै पनि स्थापित नै छ तर पुरानो शैलीलाई नै संगै लिएर हिडन भने धेरै व्यक्तिहरु तयार पक्कै पनि छैनन | हाम्रो हिन्दु धर्म आफैमा एउटा सुनौलो छ तर भजन जुन यसको एक भाग पनि हो यसको शैलीमा केहि परिवर्तन हुन जरुरी नै थियो जुन येदीन गजमेरले गरेर देखाए |
yedin-gajmer
उनको यस एल्बममा एक ट्रयाक र एक गीतको डबल भर्जन सहित ७ वटा भजन समावेश छन् | ति भजनको बोल यस प्रकार रहेका छन् | “मेरो प्राणनाथ” जसमा राम कृष्ण ढकालको स्वर छ , “तिम्रै चरणमा” जसमा लेडिज भर्जन जोनिषा पौडेल र जेन्स भर्जन धन बराईलीको स्वर छ , “हृदय मन्दिरमा” जसमा अनुप रेग्मीको स्वर समावेश छ , “सबैको मालिक” जसमा कर्मा शेर्पाको स्वर छ र “आउ सखि” जसमा अनुस्का पाठक र निक्की गुरुङको स्वर समावेश रहेको छ | यस एल्बममा समावेश सबै गीतहरुको लेखन तथा त्यसमा संगीत भर्ने काम भने रचनाकार तथा संगीतकार येदीन गजमेरले स्वयम गरेका छन् | आजको दिनमा सार्वजनिक भएको केहि समयमा नै यस एल्बमले निकै चर्चा बटुल्नुको मुख्य कारण समावेश गीतको शब्द हो | निकै सरल ढंग र शैलीमा रचनाकार तथा संगीतकार येदीन गजमेरले धार्मिक कुराहरुलाई आफ्नो शब्दमा लपेटन सफल भएका छन् |
yedin-gajmer
एल्बममा समावेश गीतहरुमा प्रयोग भएको हरेक शब्दको मूल अर्थ रहेको छ | गीतको शब्दहरुले नै मनमा केहि कुराको महसुस गराउछ जसले सबै दुख पिडा भुलाएर मनमा सन्तुष्टिको साथमा आनन्द प्रदान गर्दछ | आजको बेलामा यस किसिमको रचना गर्न सक्नु रचनाकार तथा संगीतकार येदीन गम्जेरको अब्बल पक्षे हो | उनको सुन्दर र गहकिलो शब्दहरुमा फेरी उनैको संगीतले अर्को इट्टा थप्ने काम गरेको छ | कुनै पनि गीत या भजन राम्रो बनाउनको निमित्त संगीतले पनि धेरै नै ठुलो भूमिका खेलेको हुन्छ | उनले स्वयम भरेको संगीतले त्यस शब्द र गीतको अर्थलाई पूर्णता दिएको छ | यति बेला उनलाई देश तथा विदेशबाट धन्यवाद र बधाईको बर्षात भईरहेको छ | उनले आफ्नो यस एल्बम निर्माण गर्न सहयोग गर्ने जुनी गजमेर र कर्ण वीरलाई हृदय देखि नै धेरै धन्यवाद दिएका छन् | यस्तै उनले आफ्नो यस एल्बम आफ्नो पुजनीय बुवा तारा बिर गजमेर तथा आमा लक्ष्मी गजमेरलाई समर्पित गर्दै आफ्नो एल्बममा साथ दिनुहुने अन्य व्यक्तिहरु बिरस्पति गजमेर , इन्द्र शंकर , करुणा गजमेर , नलिना रसाइली , लक्षु रसाइली , सरस्वति बराइली , धनेन्द्र रसाइली , रमेश दियाली , सागर शंकर , कमल कालिकोटे , दिलिप लगुन , मेगराज लगुन , लक्ष्मण दियाली , निजानन्द कम्युनिटी अफ हाउसटन र भुटानिज कम्युनिटीज अफ अमेरिका प्रति हृदय देखि नै आभार प्रकट गरेका छन् |
yedin-gajmer
उनले दिएको जानकारी अनुसार उनको यस भजन एल्बम ब्रम्हवाणीमा आधारित रहेको छ | सेवा नै धर्म हो , प्रेम नै अमृत भन्ने उनको मान्यता समेत रहेको छ | यहि मुल्य मान्यताको साथमा उनि निरन्तर रुपमा अगाडी बढिरहेका छन् र सबैको नजरमा पर्न समेत सफल भएका छन् | उनले अबको अगाडिको सांगीतिक यात्रालाई नयापनको साथ अगाडी बढाउने बताएका छन् | उनले आफ्नो धेरै प्रस्तुतिहरुको यति बेला जोडतोडले तयारी समेत गरिरहेका छन् जुन अब छिट्टै नै दर्शक श्रोता माझमा आउने क्रममा रहेको छ | अबको आगामी प्रस्तुति पूर्णतया गीत नै रहने र सबै बर्गलाई मध्य नजर गरेर नै आफुले त्यसको निर्माण गर्ने उनले बताए | हरेक प्रस्तुतिमा केहि फरक र नया कुराको अनुभूति सबैमा गराउने प्रयास आफुले सधैब गर्ने कुरा उनले उल्लेख गरेका छन् | नेपाली दर्शक श्रोताहरुलाई उनले भगवानको स्थानमा राखेका छन् | तसर्थ आफ्नो सबै कामको मुल्यांकन उहाहरुबाट नै हुने कुरा पनि उनले प्रष्ट पारेका छन् | त्यसैले आफ्नो प्रस्तुति हेरेर सुनेर आफ्नो प्रतिक्रिया र सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत आफुलाई सधैब प्रदान गरिदिनुहुन सम्पूर्ण देशमा तथा बिदेशमा रहनु भएका नेपाली दर्शक श्रोताहरुलाई उनले हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् |

Leave a Reply

%d bloggers like this: