Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
ओम प्रतिकको निर्देशनमा तयार हुदै गरेको चलचित्र “बटरफ्लाई” को यति बेला धमाधम छायांकन कार्य भईरहेको छ । १ महिनाको छायांकन अवधि तोकिएको चलचित्रमा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीले एकसाथ स्क्रिन शेयर गर्दैछन् ।
यस चलचित्रमा हामी यी दुवै कलाकारहरुलाई बिल्कुलै फरक अवतारमा हेर्न सक्नेछौ । छायांकनको सार्वजनिक केहि तस्बिरमा हामी प्रियंका र आर्यनलाई बिद्यार्थीको ड्रेसमा देख्न सक्छौ । छायांकनको एक दृश्यमा आर्यन र प्रियंका कलेज ड्रेसमा संगै बसेर किताब पढ्दै रमाइलो गर्दै गरेको देखिएको छ । चलचित्रमा आर्यन र प्रियंका संगै अभिनेता अर्पण थापाको पनि मुख्य भूमिका रहेको छ ।

Leave a Reply

%d bloggers like this: