Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
मंगलवार नेपाल चलचित्र संघका अध्यक्ष सहितको पदाधिकारीको टोलिले उद्योगमन्त्री नविन्द्रराज जोशी संग भेटघाटको साथमा छलफल गरेको छ । छलफल नेपाली चलचित्र उद्दोगको विकासको निमित्त रहेको थियो । अध्यक्ष आकाश अधिकारीको नेतृत्वमा गएको निर्माता संघको टोलीले नेपाली फिल्म उद्योगलाई सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा राख्न उद्योगमन्त्री नविन्द्रराज जोशीलाई आग्रह गरेका थिए ।
अहिले सम्मको हिसाबले हेर्दा नेपाली चलचित्रलाई सरकारले सेवामुलक उद्योग अन्तर्गत राख्दै आएको छ । यहि बिषयमा छलफल हुदै गर्दा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अहिलेको नेपाली चलचित्र क्षत्रको वर्तमान अवस्थाको बारेमा समेत जानकारी गराए भने नेपाली चलचित्र उद्योगलाई राष्ट्रिय प्राथमिकताको उद्योगमा समावेश गर्न समेत अनुरोध गरे ।
सबै कुरा सुनिसके पछि उद्योगमन्त्री नविन्द्रराज जोशीले समेत आफ्नो तर्कहरु पेश गरेका थिए । उनको अनुसार सूचना तथा सञ्चार प्राधिकरणले नयाँ ऐन ल्याउन लागेको र नयाँ ऐनले सूचना उद्योग अन्तर्गत गरिने काम प्राइभेट रुपमा गर्न नमिल्ने व्यवस्था गर्न लागेको जानकारी गराउँदै छलफल गरेर मात्र निष्कर्षमा पुग्नको लागि उपस्थित सबैलाई आग्रह समेत गरे ।
त्यसपछिको छलफलमा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सूचना मन्त्रालयसँग निर्माण भईरहेको ऐनका बारेमा बिष्तृत छलफल गरेर मात्र चलचित्र उद्योगलाई कुन विधामा राखिने भन्नेबारेमा निर्णय गरिने जानकारी सबैलाई गराए । उनले मन्त्रीज्यु आफ्नो कुराहरु प्रति निकै सकारात्मक भएको र आफुहरु सूचना मन्त्रालयसँगको छलफल पछि फेरी एकपटक उद्योगमन्त्री नविन्द्रराज जोशीलाई भेट्ने कुरा उनले बताए ।
उद्योगमन्त्री नविन्द्रराज जोशीलाई आफ्नो माघहरु पेश गर्नको लागि अध्यक्ष अधिकारीसँगै उपाध्यक्ष गोविन्द शाही, सदस्यहरु निकिता पौडेल, अर्जुन कुमार, भानुप्रताप, रौनक विक्रम कँडेल उद्योग मन्त्रालय गएका थिए । आकाश अधिकारीले अब छिट्टै संचारमन्त्रीलाई पनि भेटेर बक्स अफिस र फिल्म नीतिका सम्बन्धमा पनि दबाब दिने र नतिजा निकाल्ने कुरा समेत प्रष्ट पारेका छन् ।

Leave a Reply

%d bloggers like this: