Sun. Apr 28th, 2024

मनोरंजनसंसार डटकम
बिहिवार राजधानीमा आयोजित एक कार्यक्रम बीच चलचित्र मधुमालती निर्माणको घोषणा भएको छ | तारा शंकर फिल्म्स प्रा.लि को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्देशन भने शिशिर चालिसेले गर्ने भएका छन् | यस्तै चलचित्रको कथा समेत चलिसेकै रहेको छ | उनको अनुसार चलचित्र लव स्टोरीमा केन्द्रित हुनेछ |
चलचित्रमा रुपा राना , केशव भट्टराई , अनुरुप पोखरेल, कुसुम नेपाल, सविना थापा लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रमा दावा दोर्जे लामा र मिलन सुर्खेतीको संगीत रहने छ |
चलचित्र साहित्यकार रमेश विकलको मधुमालतीको नामक उपन्यासमा आधारित नरहेको कुरा निर्माण पक्षेले प्रष्ट पारेको छ |

Leave a Reply

%d bloggers like this: