Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
आज यो हफ्ताको शुक्रवार अर्थात् माघ २८ गते चलचित्र “डाईङ क्यान्डल” ले आफ्नो प्रदर्शन सुरु गरेको छ । चलचित्रले केहि दिन अगाडी मात्र आफ्नो प्रिमिएर शो समेत निकै भब्य र सभ्य रुपमा सम्पन्न गरेको छ । प्रिमिएर शो मा उपस्थित सबैले चलचित्रको खुलेर तारिफ गरेको थियो र चलचित्रको अगाडीको सफलताको लागि हार्दिक शुभकामना समेत दिएका थिए । चलचित्रमा माया प्रेम स्नेह र सम्बन्धको कुरालाई निकै सरल रुपमा देखाउन खोजिएको छ । चलचित्रमा हाम्रो नेपाली समाजको वास्तविक घटना क्रमको चित्रण गर्न खोजिएको छ ।
चलचित्रले यस अघि नै अमेरिकामा आयोजित फिल्म फेस्टिवलमा समेत भाग लिएर आइसकेको छ । उक्त फेस्टिवलमा सिनेमाटोग्राफी तर्फ छायाँकार निर्देशक रविन आचार्यले यसै चलचित्र मार्फत अवार्ड समेत हात पारे ।
dying-candle
उत्तम फिल्म्स , नेसनल मिडिया र मदर प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा सृजना सुब्बा , लाक्पा सिंगी तामाङ , सौगात मल्ल , अर्पण थापा , बिद्या कार्की लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नरेश कुमार गौतमले गरेका छन् । यस्तै चलचित्रका निर्माता तर्फ भने उत्तम केसी , रबिन आचार्य र बिमल सुबेदी रहेका छन् । चलचित्रमा विवेक ओझाको शब्द र रोशन राज थापा ( आधा-सुर ) को संगीत समावेश रहेको छ ।
नेपाली समिक्षहरु देखि पाएको प्रतिक्रिया देखि चलचित्र निर्माण पक्षे निकै हौसिएका छन् । आफ्नो टिमले निकै राम्रो चलचित्र निर्माणको कोसिस गरेको र धेरै हद सम्म सफल भएको महसुस आफुले गरेको कुरा निर्देशक नरेश कुमार गौतमले बताएका छन् । यस्तै अब नेपाली दर्शकहरुबाट पनि राम्रो प्रतिक्रियाको आशा राखेको कुरा उनले उल्लेख गरे । यहि हिसाबले अन्तत चलचित्र आज देखि प्रदर्शनमा समेत आएको छ अब दर्शकहरुबाट के कस्तो प्रतिक्रिया पाउने र दर्शकहरुले चलचित्रलाई कति सम्म साथ दिनुहुने हो त्यो हेर्न भने बाँकी नै रहेको छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: