Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
चैत्र ४ गते प्रदर्शन मिति तय गर्दै प्रचार प्रसारमा दौडिएको चलचित्र “यो साईनो मायाको” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “के भयो” बोलको उक्त गीतमा शब्द संगीत कुन्दन थापाको रहेको छ भने गीतमा गायक शिव परियारले आफ्नो सुमधुर स्वर भरेका छन् । गीतलाई महाराज थापाले अरेन्ज गरेका हुन् । इमोशनमा आधारित तयार गरिएको गीतले माया प्रेमको भाव र त्यस भित्रको पिडाको बयान गर्दछ ।
रामकुमार श्रेष्ठको निर्माणमा बनेको चलचित्रलाई अरुण कुमार प्रधानले निर्देशन गरेका छन् । बाबुराम नेपालीको छायांकन रहेको चलचित्रमा जतिन ताम्राकार , रेश्मा घिमिरे किशोर भण्डारी (डिट्ठा साब), राजु कमेडी, सुनिता ठाकुर, दिवस उप्रेती, आर्यन प्रधान, उमा कार्की, नवनित प्रधान, काशिस शर्मा, प्रतिला थापा, मनोज खतिवडा, गौरव खतिवडा, सागरा डंगोल , सुनिल सुब्बा लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
चलचित्रमा माया प्रेम र सम्बन्धको कुरालाई अधिकतम जोड दिएर कथा बस्तु तयार गरिएको बताईएको छ । हाम्रो नेपाली सामाजिक कथा बस्तुलाई मुख्य बिषय बस्तुमा निर्धारण गरेर चलचित्रको निर्माण गरिएको कुरा निर्माण पक्षेले बताएको छ । यस्तै चलचित्रको गीत संगीत पनि चलचित्रको अब्बल पक्षे रहेको कुरा निर्माण पक्षेले उल्लेख गरेको छ । चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास निर्माता रामकुमार श्रेष्ठले ब्यक्त गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: