Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
नेपाली चलचित्र क्षत्र यति बेला दिन प्रति दिन फस्टाउदै गरिरहेको अवस्थामा नया कुराहरुको उत्पत्ति हुदै छ | आज भोलिको दिनहरुमा यति बेला शर्ट फिल्मको उत्पत्ति भएको छ | थोरै समय तर धेरै कुराको ज्ञान उक्त शर्ट फिल्मको मुख्य अबधाराणा हो | अहिले धेरै शर्ट फिल्महरु बनेका छन् जसले धेरै ख्याती समेत प्राप्त गरिसकेको छ | यसै बिचमा यति बेला सामाजिक संजाल युटुबमा “STRIKE” नामक शर्ट फिल्म सार्वजनिक भएको छ | ६० सेकेन्डको अवधिमा तयार भएको उक्त शर्ट फिल्मले यति बेला दर्शकहरुको माझमा निकै राम्रो चर्चा कमाईरहेको छ |
सल्यान आर्ट्स र प्रकाश पुरीको प्रस्तुति रहेको शर्ट फिल्मलाई लेखन निर्देशन तथा इडीटिङ गर्ने काम परिछेद सेनले गरेका हुन् | उक्त शर्ट फिल्मलाई सुजय गौतमले खिचेका हुन् | उनले यस शर्ट फिल्मलाई साम्सोङ मोबाईल देखि खिचेका हुन् | यस अर्थले राम्रो प्रस्तुति पेश गर्नको लागि कुनै ठुलै क्यामेरा तथा उपकरणको आवस्यकता पर्दैन भन्ने कुरा पुष्टि गर्दछ | यस्तै युटुबमा यति बेला यस शर्ट फिल्मको चर्चा निकै तीव्र रुपमा भईरहेको छ | नेपालका अहिलेका चर्चामा रहेका निर्देशक निश्चल बस्नेत , कथाकार अमर न्यौपाने र कर्ण शाक्य जस्ता व्यक्तिहरुले पनि यस शर्ट फिल्मलाई मनपराएर आफ्नो फेसबुकमा सेयर गर्दै सबैलाई एकचोटी हेर्नको लागि समेत आग्रह गरेका छन् |
सार्वजनिक शर्ट फिल्ममा नेपालमा बेला बखतमा भईरहने आन्दोलन र यसको असरको बारेमा खुलाउने खोजिएको छ | आन्दोलन र बिरोध भनेको देश र जनताको हक हित र अधिकारको लागि हो तर त्यसले देश त जनतालाई कति सम्मको असर पारेको छ भन्ने कुराको निचोड निष्कर्ष यस शर्ट फिल्ममा देखाउन खोजिएको छ | अस्पतालमा रगतको खाँचो परेर मृत्यु संग लडिरहेको एक छोरा र उसको जीवन बचाउनको लागि हतासमा दौडिएको बुवा र रगत लिएर छोराको ज्यान बचाउने अस्पताल कुदिरहेको र आन्दोलनले समयलाई रोकिदिएको र त्यस पछिको परिणामलाई शर्ट फिल्ममा दर्शाउने खोजिएको छ | यस किसिमको सोचलाई यसरी सबैको अगाडी लिएर आउने काम परिछेद सेनले गरेका हुन् |
उनले यो भन्दा अगाडी करिब ३० भन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् | उनको त्यो लामो समयको अनुभवले नै आज यो बिशेष चाख लाग्दो कुराको उत्पत्ति गरेको स्पष्ट हुन आउछ | अब चाडै नै उनले नेपाली चलचित्रको निर्देशन तर्फ पनि पाईला चाल्ने तयारीमा रहेका छन् | आफ्नो यो सोचमा बनेको शर्ट फिल्मको माध्यमबाट सारा नेपाली जनताहरुलाई गहिरो सन्देशको साथमा आगामी दिनहरुमा सचेत बनाउने विश्वास उनले राखेका छन् |
हेर्नुस फिल्म :

Leave a Reply

%d bloggers like this: