Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
पछिल्लो समय नेपाली गीत संगीतमा नयापन देखिन थालेको छ जसको श्रेय यस क्षत्रमा आफ्नो योगदान दिएर निरन्तर लागिपरेका कलाकारहरुलाई जान्छ | पहिलेको तुलनामा यति बेला नेपाली गीत संगीतमा धेरै नै परिवर्तन आइसकेको छ | दर्शक श्रोताहरुको टेस्टको साथमा गीत संगीतको शैली र प्रस्तुतिमा पनि केहि फरक पन झल्किएको हामी देख्न सक्छौ | युवा पुस्ताको यति बेला नेपाली गीत संगीतमा बलियो पकड रहेको छ | रहरले मात्र यस क्षत्रमा प्रवेश गर्ने धेरै नै छन् जसको अवधि पनि निकै छोटो हुन्छ तर रहरको साथमा केहि गर्छु नै भनेर यस क्षत्रमा प्रवेश गर्ने व्यक्तिहरुको पनि कमि भने यहाँ छैन | त्यहि व्यक्तिहरुको बिचमा रहेको एउटा नाम हो गायक बिनोद गुरुङ | उनलाई हामी गायकको मात्र उपाधि दिन सक्दैनौ किन भने उनि कुशल संगीतकार पनि हुन् |
binod-gurung
सानै देखिको उनको नेपाली गीत संगीत प्रतिको लगावले उनलाई आजको यो स्थान सम्म लिएर आएको हो | उनले आफ्नो बुवाबाट पनि धेरै प्रेरणा प्राप्त गरेका छन् | उनको आदरणीय बुवा अगम गुरुङ कुशल रचनाकार हुनुहुन्छ जसको रचनामा मार्मिकताको साथमा धेरै कुराको अर्थ समेत हुने गर्दछ | ठुलो ठुलो कुरालाई पनि निकै सरल शब्द र शैलीमा बुझाउने सक्ने उहाको खुबी रहेको छ | बुवाको अधिकतम छाप गायक बिनोद गुरुङमा परेको छ | उनले सानै देखि राखेको नेपाली गीत संगीत प्रतिको इच्छा र त्यसपछिको मेहेनतले उनलाई अहिले एउटा छुट्टै पहिचानको साथमा सबैको माझमा चिनाएको छ | तर अझै पनि आफुलाई निखार्ने क्रममा उनि तत्पर छन् | उनले सधैब केहि नया कुरा बाहिर लिएर आउने कुरामा नै केन्द्रित भएर काम गरे | यतिका लामो समयको उनको अभ्यास र साधना पछि आफ्नो ज्ञान हासिलताको माध्यमबाट नेपाली गीत संगीतलाई नया दिशा तर्फ मोडेर लैजाने काम पनि उनले गर्ने प्रयास यति बेला गरिनै रहेका छन् |
binod-gurung
अहिले उनि अमेरिकामा बसोबास गरिरहेका छन् तर पनि नेपाली गीत संगीत र कला संस्कृति प्रति भने उनको लगाव कत्ति पनि घटेको छैन | उनि अहिले नेपाली गीत सांगीतिक माहोलमा रमाइरहेका छन् | अहिले उनि धेरै नया गीत संगीतको काममा अधिकतम ब्यस्त छन् | बिदेशमा बसेर रगत पसिना बगाएर काम गरिरहदा गीत संगीतलाई भने उनले समयको कमि हुन दिएका छैनन् | उनले यति बेला धेरै व्यक्तिहरुको काममा आफ्नो संलग्नता जनाई रहेका छन् | यसो त उनको आफ्नो सोलो “चन्द्रमा” नामक एल्बम पनि अब चाडै नै बाहिर आउने तयारीमा रहेको छ | निकै लामो समय देखिको मेहेनत अनि अध्यन पश्च्यात उनले अहिले आएर आफ्नो एल्बमको काम अन्तिम चरण सम्म पुर्याएका छन् | उनको उक्त सोलो एल्बमको टाईटल गीत अहिले सार्वजनिकको लागि तयारीमा अवस्थामा रहेको छ | अबको केहि दिनमा नै उक्त गीत दर्शक श्रोताहरुको माझमा आउने कुरा उनले बताएका छन् | रचनाकार सौरव तिम्सिनाको शब्द र रचनामा तयार भएको गीतमा बाबू बोगटीले संगीतको साथमा गायक बिनोद गुरुङले आफ्नो सुमधुर स्वर भरेका छन् । यस्तै गीतको म्युजिक भिडियो पनि निकै नै उत्कृष्ट बनेको छ जसलाई मोनी राईले निर्देशन गरेका छन् भने निर्माण डी.बि गुरुङले गरेका छन् । गीतको म्युजिक भिडियोमा मेरो डान्स कप का बिजेता पुर्णिमा तलैजा र समिर गुरुङले अभिनय गरेका छन् ।
binod-gurung
अहिले आउन लागेको उनको नया गीत केहि फरक शैलीमा रहेको उनको भनाई रहेको छ | अहिलेको दर्शक श्रोताहरुको टेस्टलाई मध्य नजर गरेर उक्त गीत तयार गरेको उनले उल्लेख गरेका छन् | उक्त गीतबाट आफुले धेरै आशा गरेको कुरा पनि उनले बताए | एक किसिमले उनले अमेरिकामा रहेर पनि हाम्रो नेपाली कला संस्कृतिको जगेर्ना गर्ने काम गरिरहेका छन् | त्यहाँ आयोजित सांगीतिक कार्यक्रममा प्राय उनको उपस्थितिको साथमा प्रस्तुति समेत हुने गर्दछ | उनको सुमधुर अवाजको त्यहाँ अधिकतम प्रशंसकहरु रहेका छन् | उनको प्रस्तुति सुनेर र हेरेर धेरैले नेपालको सम्झना गर्छन भने आफ्नै देशको नेपालीपनको आभास आफुहरुलाई गराईदिएकोमा सबैले उनलाई धन्यवाद समेत दिने गरेका छन् | उनको काम र उनको स्वभावको कारण यति बेला उनि अमेरिकमा निकै चिर परिचित छन् | उनले सबैबाट पाएको सकारात्मक प्रतिक्रिया र हौसलाको कारण आफ्नो प्रस्तुतिलाई अझै राम्रो बनाउने प्रयास समेत गरिरहेका छन् | आफुबाट दर्शक श्रोताहरुलाई सधैब अझै धेरै के दिन सकिन्छ भन्ने कुरामा उनि बढी केन्द्रित हुने गर्दछन् |
binod-gurung
अबको आगामी दिनहरुमा उनले आफ्नो सांगीतिक यात्रालाई निकै राम्रो तरिकाले अगाडी बढाउने बताएका छन् । यति बेला उनि सांगीतिक माहोलमा निकै ब्यस्त छन् । नया नया प्रस्तुति बाहिर लिएर आउने तयारीको साथमा अधिक मेहेनत यति बेला उनले गरिरहेका छन् । आफ्नो प्रस्तुतिहरुलाई दर्शक श्रोताहरुले आत्मसाथ गर्नुहुने कुरामा उनले विश्वास समेत राखेका छन् । नेपाली गीत संगीतमा केहि नयापन र पृथक कुराको मिश्रण गर्ने र नेपाली गीत संगीतको दिशा निर्देश सहि बाटो तर्फ गर्नको लागि आफ्नो प्रयास सधैब रहने कुरा उनले उल्लेख गरेका छन् । यहि हिसाबले उनले देशमा तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई हाम्रो आफ्नो गीत संगीत र कला संस्कृतिलाई सधैब माया अनि सम्मान गर्नुपर्ने कुरामा बिशेष जोड दिएका छन् । यस्तै जहाँ रहे पनि सधै नेपाली गीत संगीत सुनेर हेरेर आफ्नो प्रस्तुतिहरुलाई सहि ढंगले नियालेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन सबै नेपाली दर्शक श्रोताहरुलाई हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।

Leave a Reply

%d bloggers like this: