Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
नेपालमा कला र कलाकारहरुको यति बेला कमि छैन । यो हिसाबले नेपाली चलचित्र क्षत्र होस या मोडलिङ सबै क्षत्रमा नया तथा पुराना कलाकारहरुको संलग्नता निकै बढ्दो पनि छ । यसो त यति बेला नेपाल भित्रका भन्दा पनि देश बाहिरका नेपाली कलाकारहरु यो कुरामा धेरै नै सक्रिय भएको पनि देखिन्छ । यस्तै एक कलाकार हुन् राहुल शेर्पा । उनलाई हामी मोडेलको मात्र संज्ञा दिन सक्दैनौ किन भने उनि एक कुशल गायक पनि हुन् । तर उनि सबै तिर सक्रिय भएर नै लागेका छन् । उनले आफ्नो अभिनयको जादु पनि चलाई नै रहेका छन् भने उता आफ्नो सांगीतिक यात्रालाई पनि संग संगै लिएर गईरहेका छन् । उनको अभिनयमा नया गीत सार्वजनिक भएको छ जसमा उनलाई नायिका शिल्पा पोखरेलले साथ दिएकी छिन् ।
rahul-sherpa
उत्तम भण्डारीको शब्द संगीतमा तयार भएको “किन रुन्छ मन” बोलको गीतमा स्वर भने सबिन लिम्बुले दिएका छन् । सुशील बानियाको छायांकन र अर्जुन अधिकारीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा राहुल शेर्पा र शिल्पा पोखरेलले निकै नै राम्रो अभिनय प्रस्तुत गरेका छन् । गीतले दर्शकहरु माझमा राम्रै चर्चा बटुलिरहेको छ । बिदेशमा रहेर रगत पसिना बगाएर काम गर्दा समेत उनले आफ्नो कला प्रदर्शनको लागि भने अलिकति पनि समयको कमि गरेका छैनन् । नेपाली गीत संगीत र कला क्षत्रमा उनि निकै अग्रसर भएर लागिपरेका छन् ।
rahul-sherpa
उनि यति बेला आफ्नो नया एल्बम लिएर आउने तयारीमा पनि जुटेका छन् । त्यसको लागि अधिकतम तयारी भईसकेको र अब केहि तयारी बाँकी रहेको उनले बताएका छन् । नेपाली गीत संगीतमा रमाउने र यसमा नै आफ्नो जीवन व्यतित गर्ने आफ्नो लक्ष्य रहेको कुरा पनि उनले उल्लेख गरेका छन् । अभिनय र गायन दुवै चिजलाई संग संगै लिएर जाने आफ्नो योजना रहेको कुरा उनले प्रष्ट पारेका छन् । यस्तै दर्शक श्रोताहरु नै भगवानको स्वरूप भएकोले आफुले सबै कुरा उहाहरु माथि नै छोडेको कुरा पनि उनले बताएका छन् । सधैब नेपाली गीत संगीत र कलालाई माया अनि सम्मान गरि यसको जगेर्ना गरि आफु जस्तो नया कलाकारहरुलाई अगाडी बढ्न हौसला प्रदान गरिदिनु हुन दर्शक श्रोताहरुलाई उनले हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् । केहि प्रतिक्रिया भए जस्ताको त्यस्तै आफु सामु राखिदिनु हुनको लागि पनि उनले सबैलाई बिन्ति गरेका छन् । आगामी दिनहरुमा दर्शक श्रोताहरुको चाहनालाई नै मध्य नजर गरेर राम्रो राम्रो प्रस्तुति बाहिर लिएर आउने विश्वास समेत उनले ब्यक्त गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: