Wed. May 8th, 2024

मनोरंजनसंसार डटकम
चैत्र ११ गते प्रदर्शन मिति तय गर्दै चलचित्र “निर्भय” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “खुल्लम खुल्ला” बोलको गीतमा शब्द देवल भण्डारीको र संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा प्रमोद खरेल र अञ्जु पन्तले आफ्नो सुमधुर स्वर भरेका छन् । गीतमा रामजी लामिछानेको नृत्य निर्देशन समावेश छ । सार्वजनिक यस गीतमा हामी एक्शन नायक निखिल उप्रेती र नायिका निता ढुंगानालाई बिल्कुलै फरक अवतारमा नृत्य गरेको देख्न सक्छौ ।
निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा तयार भएको चलचित्रमा निखिल र नीतासँगै प्रदिप ढकाल, विकास चापागाइं, सुशिल पोखरेल, प्रज्वल गिरी, प्रकाश न्यौपाने, रश्मी भट्ट, विशाल पहारी, कृष्ण शिवाकोटी, रामचन्द्र अधिकारी लगायत अभिनयमा छन् । यस्तै चलचित्रका निर्माता तर्फ भने देवीप्रसाद पाण्डे रहेका छन् ।
चलचित्रले केहि समय अगाडी नै आफ्नो फर्स्ट लुक सार्वजनिक गरिसकेको छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: