Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
यति बेला नेपाली गीत संगीत क्षत्र अधिक रुपले फस्टाएको छ । नया कलाकारहरुको आगमन ठुलो संख्याले बढेर आएको छ । राजधानीमा मात्र नभएर राजधानी बाहिरका युवा कलाकारहरु पनि नेपाली गीत संगीतमा निकै सक्रिय भएर लागिपरेको देखिन्छ । बिशेष त यति बेला नेपाली गीत संगीतमा युवा पुस्ताको चासो निकै बढेको पाइएको छ । यसै बीच नेपाली गीत संगीतमा आफ्नो पाईला राखेका छन् नव गायक रोहन जंग कार्की । पोखराको युवा उनि यति बेला दर्शक श्रोताहरुको माझमा चर्चा रहेका छन् । उनले आफ्नो प्रस्तुतिले पोखरामा तहल्का नै मच्चाएका छन् । कलिलो उमेर भएता पनि उनि भित्रको प्रतिभा भने सानो छैन ।
rohan-jung-karki
लामो समयको मेहेनत पछि उनले भर्खरै मात्र आफ्नो “कहिले आऊ” बोलको नया गीत बाहिर सार्वजनिक गरेका छन् । सरस्वति श्रेष्ठ ( सरु ) को शब्द र श्रीमान थुलुङको संगीतमा नव गायक रोहन जंग कार्कीले उक्त गीतमा आफ्नो सुमधुर स्वर भरेका छन् । गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो तयार भएको छ । ज्ञानेन्द्र शर्माको छायांकन र प्रविन श्रेष्ठको निर्देशनमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा बेनिषा हमाल , निराजन प्रधान र रोहित जंग कार्कीले निकै नै राम्रो अभिनय प्रस्तुत गरेका छन् ।
rohan-jung-karki
सानै देखिको नेपाली गीत संगीत प्रतिको माया मोहलाई उनले यति बेला भने सहि गन्तब्य तर्फ दिशा निर्देश गरेका छन् । रहरले मात्र यो क्षत्रमा आउने र केहि समयमा नै पलायन हुने कलाकारहरुको पनि यहाँ ठुलो जमात छ । तर उनि भने लामो समयको अध्यन र साधना पछि यस क्षत्रमा प्रवेश गरेका छन् । उनले आफ्नो अध्यनलाई पनि संगीततिर नै मोडेका छन् । नेपाली गीत संगीत संग नजिक भएको उनको लामो समय बितिसकेको छ । यहि हिसाबले उनले आफ्नो नया म्युजिकल ब्याण्डको पनि स्थापना गरेका छन् जसको नाम “नियु बिगिनीङ” ब्याण्ड रहेको छ । उनको यस ब्याण्डमा ५ जना युवाको समूह रहेको छ । यसमा रोहन जंग कार्की , एलिश गुरुङ , अकिन गुरुङ , बुद्ध थापा र सन्जु नेपाली रहेका छन् । यति बेला यो ब्याण्डले पोखराको माहोल तताई रहेको अवस्था छ । केहि दिन अगाडी मात्र यो ब्याण्डले पोखरा महोत्सवमा आफ्नो धमाकेदार प्रस्तुतिले त्यहाँ उपस्थित सबैलाई मनोरंजन प्रदान गरेका थिए । यस्तै त्यहाँ उपस्थित सबै उनको र उनको ब्याण्डको प्रस्तुतिमा खुबै झुमेर रमाइलो पनि गरे ।
rohan-jung-karki
आफ्नो सांगीतिक यात्रालाई उनले निकै राम्रो तरिकाले अगाडी बढाउने बताएका छन् । यस्तै उनले यसको लागि आफुले अझै धेरै मेहेनत गर्ने र अहिलेको दर्शक श्रोताहरुको टेस्टलाई बुझेर राम्रो राम्रो प्रस्तुति बाहिर लिएर आउने प्रयास समेत गर्ने कुरा पनि उनले उल्लेख गरेका छन् । नेपाली गीत संगीतमा नै केहि गर्छु भनेर दृढ सोच बोकेका उनले आफुले सबैबाट केहि न केहि कुरा सिकिरहेको पनि बताएका छन् । धेरै कुरालाई संयोजन गरेर नै राम्रो चिजको निर्माण गर्न सकिने कुरामा उनि विश्वास राख्दछन् । आफ्नो कला र प्रतिभा देखाउनको लागि राजधानीमा नै बस्नु पर्ने कुनै जरुरी नरहेको कुराको पुष्टि समेत उनले गरेका छन् । आफुमा प्रतिभा अनि विश्वास भयो भने आफु जहाँ रहे पनि आफ्नो कलालाई बाहिर लिएर आउने सकिने कुरा पनि उनले बताएका छन् ।
rohan-jung-karki
सधैब नेपाली गीत संगीतलाई नै अंगालेर अगाडी बढ्ने र यसमा नै आफ्नो जीवन व्यतित गर्ने उनको भनाई रहेको छ । नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताउने उनले यति बेला आफ्नो नया प्रस्तुतिको लागि पनि तयारी गरिरहेका छन् । आफुले जति राम्रो गरे पनि यसको निर्णायक भने दर्शक श्रोता नै रहेको कुरा पनि उनले बताए । यस हिसाबले दर्शक श्रोताहरुले आफ्नो प्रतिभालाई आत्मसाथ गरिदिनुहुन निकै आवश्यक रहेको कुरा समेत उनले बताएका छन् । तसर्थ उनले देशमा तथा बिदेशमा रहनु भएका दर्शक श्रोताहरुलाई जहाँ रहे पनि नेपाली कला र गीत संगीतलाई माया अनि सम्मान गरिदिनुहोस र आफ्नो प्रतिभाको सहि ढंगले मुल्यांकन गरि त्यहाँ भएका कमि कमजोरहरुलाई औल्याएर सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनुहुन हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: