Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
आउदो चैत्र ४ गते प्रदर्शन मिति तय गर्दै चलचित्र “यो मायाको साईनो” ले आफ्नो लीरिकल गीत सार्वजनिक गरेको छ । “अमर रहोस” बोलको गीतमा शब्द संगीत कुन्दन थापाको रहेको छ भने स्वर मनिषा पोखरेल र कोशिश क्षत्रीको रहेको छ । चलचित्रले केहि समय अगाडी आफ्नो टिजर समेत सार्वजनिक गरिसकेको छ ।
मंजिना मुवी क्रियसनको प्रस्तुति रहेको चलचित्रमा उमा कार्की , बिशाल श्रेष्ठ , राजु भुजेल , किशोर भण्डारी , सुनिता ठाकुर , दिवस सुबेदी , आर्यन प्रधान , मनोज खतिवडा , गौरव खतिवडा , सुनिल सुब्बा लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रमा बाबुराम नेपालीको छायांकन र मंजिनाको कथा रहेको छ । चलचित्रको लेखन तथा निर्देशन अरुण कुमार प्रधानले गरेका छन् । यस्तै चलचित्रका निर्माता भने राम कुमार श्रेष्ठ हुन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: