Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
बैशाख १ गते प्रदर्शन मिति तय गर्दै अगाडी बढेको चलचित्र “लभ लभ लभ” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “तिमी अघि अघि” बोलको गीतमा शब्द संगीत सुरेश राईको र स्वर आरिफ रौफको रहेको छ । गीतमा हामी नायक सुरज पाण्डे र नायिका स्वस्तिमा खड्कालाई रोमान्टिक रुपमा देख्न सक्छौ ।
निर्देशक दिपेन्द्र के खनालको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा सुरज पाण्डे , स्वस्तिमा खड्का , रमेश बुढाथोकी , देशभक्त खनाल , रुपा राना , ए गुरुङ , आयन खड्का , गणेश मुनाल , लक्ष्मी भुसाल , शारदा गिरी , सम्झना शिरपली , सबिन बास्तोला , घनश्याम लामिछाने , तेज गिरी , भिम मैनाली , सिपि पौडेल लगाएतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा निरज कडेलको छायांकन , सूर्या ठोकारको द्वन्द र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । सुरज सिने आर्ट्स प्रा.लिको ब्यानरमा अमृत पाण्डेको प्रस्तुति रहेको चलचित्रमा निर्माता भने शर्मिला पाण्डे रहेकी छिन् ।
चलचित्र पूर्ण रुपमा लव स्टोरी बेसमा आधारित रहेको देखिन्छ । चलचित्रको गीत संगीत पक्षे र कथा प्रस्तुति निकै नै राम्रो रहेको कुरा निर्माण पक्षेले बताएको छ । चलचित्रले केहि समय अगाडी आफ्नो पहिलो टिजर समेत सार्वजनिक गरिसकेको छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: