Wed. May 8th, 2024

मनोरंजनसंसार डटकम
चैत्र २५ गतेको प्रदर्शन मिति तय गर्दै धमाधम छायांकनको क्रममा रहेको चलचित्र “पर्व” को छायांकन एकाएक रोकिएको छ । यसको कारण हो चलचित्रको नायिका नम्रता श्रेष्ठको दुर्घटना । चलचित्र पर्व को छायांकन सकेर घर फर्किदै गर्दा नायिका नम्रता श्रेष्ठ चढेको गाडी शनिवार राति दुर्घटनमा परेको हो ।
दुर्घटनामा परेपछि उनको हातमा सामान्य चोट लागेको छ जसको कारण उनि छायांकनमा उपस्थित हुन सकिनन् र आइतवारको छायांकन रोकियो । यति बेला उनि आराम गरिरहेका छन् । तर चोट सामान्य भएकोले चाडै उनि निको हुने संकेत देखिएको छ । उनि निको भए लगतै चलचित्रको छायांकन रफ्तारमा अघि बढ्ने निर्माण पक्षेको भनाई रहेको छ ।
चलचित्रको निर्देशन दिनेश राउतले गरिरहेका छन् । यस्तै चलचित्रमा नम्रताको अपोजिटमा कोशिश क्षत्री रहेका छन् । चलचित्रले केहि दिन अगाडी मात्र आफ्नो “काले दाई” बोलको नया गीत सार्वजनिक गरिसकेको छ । गीतले दर्शकहरु माझ निकै राम्रो चर्चा समेत पाइरहेको छ ।

Leave a Reply

%d bloggers like this: