Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
नेपाली चलचित्र निर्माण पश्च्यात प्रदर्शन मिति तय गर्ने कुराले धेरै समस्या निर्माताहरुलाई पर्न जान्छ । यहि हिसाबले चलचित्रको प्रदर्शन मिति फेर बदल हुनु भने कुनै नौलो कुरा होइन । यस्तै समस्यामा परेको चलचित्र “पलाँस” ले अब भने आफ्नो पक्का पक्कि प्रदर्शन मिति तोकेको छ । चलचित्र “पलाँस” आउदो फाल्गुन २७ गते देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउने छ । चलचित्रले यस भन्दा अगाडी गएको कार्तिकमा आफ्नो प्रदर्शन मिति तय गरेको थियो तर केहि प्राविधिक कारणले गर्दा चलचित्र प्रदर्शन हुनुमा केहि ढिलाई हुन गएको थियो ।
कृषा चौलागाईंको निर्माण र सुबास कोइरालाले लेखन तथा निर्देशन तयार भएको चलचित्र “पलाँस” मा रेखा थापा , आयुब केसी , कामेश्वोर चौरसिया , प्रकाश घिमिरे , कमल देवकोटा लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रमा संगीत अर्जुन पोखरेलको रहेको छ भने द्वन्द निर्देशन सानु कुमार महर्जनले गरेका छन् | चलचित्रको टिजर पनि धेरै अगाडी सार्वजनिक भईसकेको छ जसमा हामी रेखा थापा र कामेश्वोर चौरसियालाई बिल्कुलै फरक अवतारमा हेर्न सक्दछौ । चलचित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्स अन्तर्गत गोबिन्द शाहीले लिनु भएको छ ।
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: