Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र निर्माणको घोषणा गर्दै छायांकन तर्फ बढेको चलचित्र “बमकाजी” ले आफ्नो सम्पूर्ण छायांकन सकेको छ । चलचित्र यति बेला सम्पादनको टेबलमा रहेको छ । चलचित्रको छायांकन निकै कठिनाईको साथमा पुरा गरिएको कुरा निर्देशक खिल बहादुर गुरुङले बताएका छन् । धेरै उचाईमा रहेको मनासलु बेस क्याम्पमा चलचित्रको छायांकन भएको छ । अधिक चिसो र अरुपनि थुप्रै समस्याहरुको सामना गर्दै पनि सबै काम निकै राम्रो संग पुरा भएको कुरा उनले बताएका छन् ।
bamkaji
चलचित्र युनिट यति बेला काठमाडौँ फर्किसकेको छ । चलचित्रमा सौगात मल्ल , दिया पुन , बुद्धि तामाङ , विर बहादुर लामा लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रको निर्माता तर्फ भने सुरेश कार्की , रबि राज कार्की र राजेश जंग गौतम रहेका छन् | चलचित्रलाई संजय लामाले छायांकन गरिरहेका छन् | चलचित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्स अन्तर्गत गोबिन्द शाहीले लिनुभएको छ |

Leave a Reply

%d bloggers like this: