Tue. May 7th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी देखि प्रदर्शन मितिको अलमलमा परेको चलचित्र “लप्पन छप्पन” ले अन्तत अहिले आएर आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रले यहि आउदो चैत्र ११ गतेको लागि आफ्नो प्रदर्शन मिति तोकेको छ । बाशुलीङ्ग फिल्म्स र गोल्डेन हिल्स प्रा.लि को प्रस्तुति रहेको चलचित्र “लप्पन छप्पन” का लेखक तथा निर्देशक मुकुन्द भट्ट हुन् | त्यस्तै चलचित्रका निर्मातामा डम्बर बहादुर चन्द रहेका छन् | चलचित्रको आधा भन्दा बढी छायांकन फ्रान्स , जर्मनी , होल्याण्ड , स्विजेरल्याण्ड लगाएतका युरोपका थुप्रै ठाउहरुमा गरिएको छ |
lappan-chappan
चलचित्रमा दयाहाङ राई , अर्पण थापा , सौगात मल्ल , वर्षा शिवाकोटी , देवु श्रेष्ठ , श्याम श्रेष्ठ , सुन्दर श्रेष्ठ , प्रकाश जंग शाह , सिड खरेल लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ भने नृत्य निर्देशन राजेन्द्र मान राजबाहकले गरेका छन् | त्यस्तै चलचित्रका सह-निर्माता इन्द्र प्रसाद खरेल रहेका छन् | चलचित्रलाई पुरुशोत्तोम प्रधानले छायांकन गरेका छन् भने चन्द्र पन्तले द्वन्द निर्देशन गरेका छन् | चलचित्रमा दिपक आर.जे ले आफ्नो सुमधुर संगीत भरेका छन् | सहदेव गौतम चलचित्रका कार्यकारी रहेका छन् | चलचित्रमा प्रकाश जंग शाह र प्रवेश पौडेलको स्क्रीनप्ले रहेको छ | आफुले प्राप्त गरेको लामो समयको अनुभवलाई यस चलचित्रमा आफुले निकै उत्कृष्ट ढंगले प्रस्तुत गरेको कुरा निर्देशक मुकुन्द भट्टले बताउनु भएको छ |
lappan-chappan
चलचित्र निकै नै राम्रो बनेको र आफुहरुले कुनै किसिमको कमि कमजोरी चलचित्र निर्माणमा रहन नदिएको कुरा निर्माण पक्षले जानकारी दिएको छ | नेपाली दर्शकहरुको मन जित्ने चलचित्र आफुले निर्माण गरेको र सम्पूर्ण दर्शकहरुले यस चलचित्र बाट भरपुर मनोरंजन प्राप्त गर्ने विश्वास निर्माता डम्बर बहादुर चन्दले ब्यक्त गर्नुभएको छ | चलचित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्स अन्तर्गत गोबिन्द शाहीले लिनुभएको छ | यस्तै चलचित्रले यहि आउदो माघ १ गते आफ्नो ट्रेलर सार्वजनिक गर्ने कुरा निर्देशक मुकुन्द भट्टले बताउनु भएको छ |

Leave a Reply

%d bloggers like this: