Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
पुस २८ गते प्रदर्शन मिति तय गर्दै अहिले धमाधम प्रोमोसनको लागिपरेको चलचित्र “किङ” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ | “लातको भूत” बोलको उक्त गीतमा शब्द प्रमोद ढुंगाना र संगीत बसन्त सापकोटाको रहेको छ | गीतमा नृत्य निर्देशन भने रामजी लामिछानेको रहेको छ | अलि फरक शैलीको उक्त गीतमा नायक निखिल उप्रेतीले निकै राम्रो नृत्य प्रस्तुत गरेका छन् | गीतमा नृत्य संगै केहि एक्शनको झलकहरु समेत देखाइएको छ |
king
जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्र किङ मा निखिल संगै अनुप विक्रम शाही , बेनिषा हमाल , रुप राना , प्रज्वल सुजल गिरी , जगन श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रलाई लेखन तथा निर्देशन शबिर श्रेष्ठले गरेका छन् | चलचित्रमा संजय लामाको छायांकन र रोशन श्रेष्ठको द्वन्द निर्देशन रहेको छ |
king
यति बेला चलचित्र टिम उपत्यका भित्र र बाहिर निकै जोडतोडले चलचित्रको प्रचार प्रसारमा जुटिरहेको छ | चलचित्रका निर्माता जयन श्रेष्ठ हुन् | चलचित्रबाट उनले निकै ठुलो आशा समेत राखेका छन् | चलचित्रको मेकिङमा कुनै पनि किसिमको कमि आफुहरुले नराखेको कुरा उनले निकै पहिले देखि नै बताउदै आइरहेका छन् | चलचित्र निकै उत्कृष्ट बनेको र दर्शकहरुको रोजाईको हिसाबले चलचित्रमा धेरै कुराको मिश्रण समेत गरिएको दाबी उनि गर्दछन् | चलचित्रको काठमाडौँ उपत्यका भित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्स अन्तर्गत गोबिन्द शाहीले लिनु भएको छ भने काठमाडौँ उपत्यका बाहिरको जिम्मा डिसियनले गरेको छ |
king
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: