Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
कुनै समयमा नेपाली चलचित्र उध्योग डुबिसकेको अवस्थामा यसलाई बचाउने काम गरेको चलचित्र थियो “लुट” । आज भन्दा करिव ४ बर्ष अगाडी यो चलचित्र प्रदर्शनमा आएको थियो जुन बेला नेपाली चलचित्रलाई नेपाली दर्शकहरुले हेर्ने नजर नै खराब रहेको थियो । नया प्रयोगको रुपमा अगाडी आएको चलचित्र “लुट” ले सबै कुरा परिवर्तन गरिदियो । दर्शकहरुले नेपाली चलचित्र प्रति पनि विश्वास गर्न थाले र त्यस लगतै नेपाली चलचित्र सहि हिसाबले गति लियो ।
loot-2
loot-2
त्यस पश्च्यात चलचित्र “लुट” टिमले ४ बर्षको समय लियो “लुट २” निर्माणको लागि जुन अब प्रदर्शनको लागि तम्तयार भएर बसेको छ । लुट हेरिसकेपछि दर्शकहरुको आशा धेरै बढेको हुनाले पनि “लुट २” को लागि यति बर्ष कुरेर सहि गृहकार्य गर्नुपरेको कुरा निर्माण पक्षेले बताएको छ । अन्तत चलचित्र यहि आउदो फाल्गुन १३ गते प्रदर्शनमा आउने भएको छ । लामो समय देखि नेपाली दर्शकहरुको मनमा अधिक खुशी मिल्ने पक्का देखिन्छ ।
loot-2
loot-2
राजधानीमा बिहिवार आयोजित एक कार्यक्रम बीच निर्माण टिमले चलचित्र “लुट २” को ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलर रिलिज कार्यक्रममा नेपाली चलचित्र क्षत्रका विभिन्न बिशिष्ट व्यक्तिहरु संगै अधिकांश पत्रकारहरुको पनि उपस्थिति रहेको थियो । ट्रेलर हेरिसकेपछि उपस्थित सबै खुशी मुद्रामा देखिन्थे । सबैले चलचित्रको सफलताको लागि निर्माण टिमलाई बधाई समेत दिएका थिए । चलचित्र निकै ब्लकबस्टर हुने अनुमान त्यहाँ उपस्थित सबैले लगाएका छन् । सार्वजनिक ट्रेलरमा एक्शनको साथमा सस्पेन्स भित्र चलचित्रको कथालाई बढेरै राखिएको देखिन्छ । चलचित्र हेर्दा दर्शकहरुको मनमा अधिक उत्सुकता हुने भने पक्का देखिन्छ । चलचित्रले केहि समय अगाडी नै आफ्नो “ठमेल बजार” बोलको गीत बाहिर सार्वजनिक गरिसकेको छ जसले अहिले दर्शकहरु माझमा निकै राम्रो चर्चा कमाईरहेको छ |
loot-2
loot-2
“लुट २” को ट्रेलर हेर्दा पनि निकै रोमान्चक देखिन्छ । “लुट” हेरिसकेपछि सबैलाई मात्र एउटा प्रश्नको उत्तरको खाँचो थियो कि “हाक्कु” कहाँ गयो र फसेर जेल गएका ति ४ जना पात्रहरु बाहिर निस्केपछि के होला ? यो प्रश्नको उत्तर अब “लुट २” मा मिल्ने छ सबैलाई । निर्माण टिमको ४ बर्षको मेहेनत सार्वजनिक ट्रेलरमा प्रष्ट देखिन्छ । चलचित्रमा केहि नया कुराको पनि मिश्रण गरिएको देखिन्छ । चलचित्रलाई सहि हिसाबले एक किसिमको गतिमा लिएर जना सक्नु नै निर्देशकको अब्बल पक्षेहो जुन यस चलचित्रमा निर्देशक निश्चल बस्नेतले बखुबी निभाएका छन् । उनले कुनै पनि ठाउँमा गुनासोको लागि बाटो राखेका छैनन् । दर्शकहरुले जस्तो चाहनु र खोज्नु भएको छ त्यहि हिसाबले नै चलचित्रको सबै कुरा मिलाएका छन् । यस्तै चलचित्रले पहिलेको कथालाई संग संगै लिएर जानुको साथै अहिलेको हाम्रो देशको समस्याहरुलाई पनि सहि ढंगले पर्दाफस गर्ने कुरा निर्देशक निश्चल बस्नेतले बताएका छन् ।
loot-2
loot-2
अ प्रिन्सेस मुभिज र ब्ल्याक हर्स पिक्चर्स प्रोडक्सनको साथमा अ पोपकर्न पिक्चर्सको प्रस्तुति रहेको चलचित्र लुट २ मा सौगात मल्ल , दयाहाङ राई , कर्मा , ऋचा शर्मा , बिपिन कार्की , कामेश्वर चौरासिया , सृजना सुब्बा , सुशील राज पाण्डे , सुशील उप्रेती , एलिशा राई लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । चलचित्रको इडीटिङको काम भने सुरेन्द्र पौडेलले गरेका छन् । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द निर्देशन रहेको छ । चलचित्रमा रेनेसा बान्तवा राई र विक्रम स्वारको नृत्य नृत्य निर्देशन समावेश छ । चलचित्रमा काली प्रसाद बास्कोटा , हर्कुलेस बस्नेत , रोशन थापा र सुरज शाही ठकुरीको संगीत रहेको छ । चलचित्रलाई निर्माण गर्ने काम भने माधव वाग्ले र नरेन्द्र महर्जनले गरेका छन् । यस्तै चलचित्रको लेखन तथा निर्देशन निश्चल बस्नेतले गरेका छन् ।
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: