Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
“आई एम सरी”, “नोभेम्बर रेन” र “क्लासिक” जस्ता चलचित्र निर्देशन गरिसकेका दिनेश राउतको निर्देशनमा तयार हुन लागेको चलचित्र “पर्व” को छायांकन सुरु भएको छ । ललितपुर स्थित च्यासल मैदानमा आफ्नो पहिलो गीतको छायांकन सुरु गर्दै चलचित्रले आफ्नो काम सुरु गरेको हो । शुक्रवार र शनिवार २ दिन छायांकन हुने काले काले बोलको उक्त गीतमा माला लिम्बु र “लुट” निर्देशक निश्चल बस्नेतले नृत्य गर्नेछन् । उक्त गीतको लागि त्यहाँ ठुलो खर्च सहित भव्य सेट समेत तयार गरिएको छ ।
टीभी फिल्मीको प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा बन्दै गरेको यस चलचित्रमा नायक कोशिश क्षत्री र नायिका नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् । यस्तै चलचित्रको अधिकांश छायांकन काठमाडौँ उपत्यका भित्र नै हुने कुरा निर्देशक दिनेश राउतले जानकारी दिएका छन् । यस्तै चलचित्रको कथा वस्तु सस्पेन्स थ्रीलर हिसाबले निर्माण गरिएको कुरा पनि उनले बताए ।
चलचित्रको प्रदर्शन मिति भने आउदो चैत्र २५ गतेको लागि तय गरिएको छ ।

Leave a Reply

%d bloggers like this: