Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
अष्टनारायण प्रा.लि को ब्यानरमा निर्माण भएको चलचित्र “हिटलर” ले आफ्नो पहिलो लीरिकल गीत सार्वजनिक गरेको छ | “मोमो चावमिन” बोलको गीतमा शब्द संगीत लोचन घिमिरेको रहेको छ | यस्तै गीतलाई अरेन्ज गर्ने काम भने देबेन्द्र नेवाले गरेका छन् | गीतमा लोचन घिमिरे र श्रीया शोताङले आफ्नो सुमधुर स्वर भरेका छन् | गीतलाई अहिलेको युवा पिडिलाई लक्षित गरेर तयार गरिएको छ तर गीतले सबै बर्गको मन छुने देखिन्छ |
यति बेला चलचित्र सम्पूर्ण छायांकन सकेर सम्पादनको टेबलमा बसेको छ | चलचित्रको अहिले धमादम सम्पादन कार्य भईरहेको छ | चलचित्र निकै नै राम्रो बनेको कुरा निर्माण पक्षेले बताएको छ | चलचित्रको कथा वस्तु र प्रस्तुतिको साथमा गीत संगीत पनि निकै अब्बल रहेको कुरा निर्माण पक्षेले उल्लेख गरेको छ | दर्शकहरुले चलचित्रबाट भरपुर मनोरंजन प्राप्त गर्नुहुने विश्वास निर्देशक सौरभ ढकालले ब्यक्त गरेका छन् |
चलचित्र आउदो बर्ष जेठ १२ गते देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउने छ | चलचित्रमा सोहित मानन्धर , सामिया बर्तौला , मेनुका प्रधान , अर्जुन गुरुङ , दिवश धिताल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रको बजार व्यवस्थापनको जिम्मा काफिया फिल्म्स प्रा.लि ले लिएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: