Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
गत शुक्रवार पुस १५ गते देखि प्रदर्शनमा आएको चलचित्र “समर्पण” ले दर्शकहरुको राम्रो साथ पाएको छ | चलचित्रले दर्शकहरुको मन जित्न सफल भएको छ | देशभरका हलहरुबाट एकै साथ प्रदर्शनमा आएको चलचित्रले पहिलो हफ्ता निकै राम्रो संग पार गर्ने संकेत दिइसकेको छ | चलचित्र हेरिसकेपछि बाहिर आएका दर्शकहरुले चलचित्रको बारेमा खुलेर प्रशंसा गरेका छन् |
samarpan
चलचित्रमा प्रेम , पारिवारिक कुराको साथमा मित्रताको सम्बन्धको कुरालाई केन्द्र बिन्दु बनाएर चलचित्रको निर्माण गरिएको छ | चलचित्रको गीत संगीत पनि निकै राम्रो रहेको छ | यस्तै चलचित्रमा समावेश नेपाल तथा बंगलादेशका दृश्यहरुले पनि दर्शकहरुलाई मनोरंजन प्रदान गरेको छ | नया कलाकारहरुको अभिनय प्रति पनि दर्शकहरुको सकारात्मक टिप्पणी नै रहेको छ |
samarpan
इमरान सिद्दिकीको निर्माण रहेको चलचित्रमा रोजन रखाल , रन्जु शर्मा , प्रयास तामाङ , रुबी शर्मा , आशा भुसाल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रको लेखक टिकाराम रखाल हुन् भने चलचित्रलाई निर्देशन गर्ने काम भने निर्देशक बसन्त निरौलाले गरेका छन् |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: