Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
फाल्गुन देखि फ्लोरमा जाने तयारीमा रहेको चलचित्र “ग्याङ्गस्टार ब्लूज” मा फेरी एक कलाकारको आगमन भएको छ | ति कलाकार हुन् नायक संयम पुरी | उनको अभिनयको पनि धेरै संख्यामा फ्यानहरु रहेका छन् | चलचित्रमा उनको आगमन संगै चलचित्रको कास्टिङ लिड लाईनअप पुरा भएको छ | यसै गरि चलचित्रमा यो भन्दै अगाडी आशिरमान देशराज , आना शर्मा र रोजिशा शाही अनुबन्धित भईसकेका छन् |
निकै ठुलो बजेटमा तयार हुन लागेको यस चलचित्रले थप केहि कलाकारहरुको लागि अडिसनको आव्हान गरेको छ | चलचित्र युनिटले पुस २५ गतेको दिन अनामनगर स्थित मण्डला थिएटरमा आवेदन दिएका नया नव कलाकारहरुको अडिसन लिनेछन् | अभिनय प्रति इच्छुक व्यक्तिहरुले चलचित्रका निर्माता सरोज न्यौपानेलाई ९८५१०६७६९० यस नम्बरमा सम्पर्क समेत गर्न सक्नु हुनेछ |
चलचित्रलाई निर्देशक हेम राज बिसीले निर्देशक गर्दैछन् भने छायांकन सैलेन्द्र डी कार्कीले गर्नेछन् | दर्शकहरुको लागि आफुले चलचित्र निर्माण गर्ने र आफ्नो चलचित्रले दर्शकहरुको इच्छा र चाहनाको साथमा उहाहरुको टेस्टलाई पनि पूर्ण रुपमा न्याय गर्ने विश्वास निर्माता सरोज न्यौपानेले ब्यक्त गरेका छन् | चलचित्रको छायांकन हुन अझै केहि समय बाँकी रहदै चलचित्रले भने आफ्नो प्रदर्शन मिति पहिले नै तय गरिसकेको छ | चलचित्र आउदो बर्षको भदौ २४ गते देखि देशभरको हलहरुबाट प्रदर्शन हुने जानकारी निर्माण पक्षेले जानकारी दिएको छ |

Leave a Reply

%d bloggers like this: